मुख्य सचिव बैकुण्ठ अर्याल विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

बेद प्रसाद घिमिरे २०८१ असार ९ गते ११:३९ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा वैकुण्ठ अर्याल सहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा अर्यालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

उनीहरुबाट साढे ३८ करोड ६७ लाख १७ हजार रूपैयाँ बिगो दाबी गरिएको छ ।

अर्याल सञ्चार मन्त्रालयका सचिव रहँदा भएको उक्त घोटाला प्रकरणमा उनको समेत संलग्नता देखिएको हो ।

२०७९ असोज ४ गते सेक्युरिटी प्रिन्टिङ सेन्टरले आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो जसको ठेक्का प्रिन्टसेल प्रालिले पाएको थियो । सोही प्रक्रियामा भएको भ्रष्टाचारमा मुख्यसचिव अर्यालको संलग्नता देखिएको अख्तियारको ठहर छ ।

अर्याल २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त भएका थिए।

प्रतिक्रिया