इजरायलद्वारा रफाहमा ५०० भन्दा बढी हमास लडाकू मारेको दाबी , जेरुसेलममा सरकार विरोधी प्रदर्शनको क्रममा ९ जना पक्राउ

इनेप्लिज २०८१ असार ३ गते २२:४६ मा प्रकाशित

इजरायलले रफाहमा ५०० भन्दा बढी हमास लडाकू मारेको दाबी गरेको छ ।

इजरायल रक्षा बाल अर्थात् इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सोमबार रफाहमा आफ्नो सैन्य कारबाहीमा मे महिनाको शुरुदेखि ५०० भन्दा बढी हमास लडाकू मारिएको दाबी गरेको छ ।

इजरायली सेनाले २३० वटा सुरुङ्ग फेला पारेको र नष्ट गरेको बताएको छ।

सिएनएनले यी दाबीहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न असमर्थ रहेको आफ्नो समाचारमा जनाएको छ ।

यसैबीच आइडिएफले दक्षिणी गाजाको सडकमा सैन्य गतिविधिहरूको “रणनीतिक बिश्राम पज” घोषणा गरेको छ जुन हरेक दिन ११ घण्टाको लागि मानवीय सहायता वितरणको लागि तोकिएको छ।

यसै बीच कम्तिमा नौ जनालाई सोमबार राति जेरुसेलममा सरकार विरोधी प्रदर्शनको क्रममा पक्राउ गरिएको इजरायली प्रहरी प्रवक्ताको एक विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कसैलाई प्रहरीमाथि आक्रमण गरेको र अवरोध गरेको आशंकामा र चारजनालाई आगजनी गरेको वा आगो लगाउन खोजेको आशंकामा पक्राउ गरिएको छ।

केही अधिकारीहरु सामान्य घाइते भएको बताइएको छ ।

“विद्रोह एक अशान्ति र हिंसात्मक दंगामा परिणत भएको तथ्य पछि, एक प्रहरी अधिकारीले विरोधलाई अवैध घोषित गरे र [प्रदर्शनकारीहरूलाई] ठाउँबाट तितरबितर हुन आदेश दिए,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया