भर्जिन अष्ट्रेलियाको विमान न्यूजिल्याण्डमा चरासँग ठोक्किए पछि आपतकालीन अवतरण

इनेप्लिज २०८१ असार ३ गते १०:३९ मा प्रकाशित

भर्जिन अष्ट्रेलियाको विमान न्यूजिल्याण्डमा चरासँग ठोक्किए पछि आपतकालीन अवतरण गरेको एबिसीन्यूजले जनाएको छ । बिमानसेवाका अनुसार क्वीन्सटाउनबाट मेलबर्नको लागि उडान भिए १४८ ले बाटो बदलिएको (डाइभर्ट )गरिएको थियो ।

भर्जिन अष्ट्रेलियाको विमानले “सम्भावित चराको ठक्कर ” पछि न्यूजील्याण्डमा आपतकालीन अवतरण गरेको बिमानसेवा (एयरलाइन)ले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बोइङ ७३७ इन्भरकारगिल विमानस्थल अवतरण गरेको थियो। उक्त बिमानको आपतकालीन सेवाहरू प्रवन्ध गरिएको थियो ।

उडानमा २२ एफ सिट(स्थान)मा बसेका माइकल हेवार्डले उडेको केही समयपछि विमानको एउटा यन्त्र (इन्जिन)बाट आगो निस्किएको एबीसी न्यूजलाई बताए । “ईन्धन जलाउन र तौल घटाउन उडान भरेको ५० मिनेट पछि विमान इन्भरकार्गिल विमानस्थलमा मोडियो,” हेवार्डले भने।

प्रतिक्रिया