राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा बसेको १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको बताउनुभएको छ।
पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारमा बसेर धेरै राम्रो काम नगरेपनि नराम्रो नगरेको भन्दै १०० दिनमा असल कार्यको आधार बनाउन सफल भएको पाउनुभएको हो ।
लामिछानेले पार्टीले सम्हालेको चार वटा मन्त्रालयमा रहेर कुनै लाभको काम नगरेको र कुनै खराब वा बेथितिको काम समेत नगरेको धारणा राख्नुभएको छ। । गृहमन्त्रालयमा सरुवा बढुवामा हुने पैसाको चलखेल रोकिएको र संगठनको इज्जत राख्ने गरि काम गरेको उहाँको भनाइ छ।
लामिछानले कमी कमजोरीलाई सुधारेर ८४ सम्म परिपक्व बन्ने उल्लेख गर्नुभयो।। उहाँले पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गर्नुभयो ।
त्यस्तै उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थान विन्दु बनेको बताउनुभयो । दोश्रो बार्षिकोत्सवसम्म आउदा नेपाली राजनीतिमा धक्का दिएको पार्टीलाई ८४ सालसम्म बलियो बनाउदै अघि बढाउनुपर्ने वाग्लेले बताउनुभयो। उहाँले तयारीका साथ सबैलाई मिलाएर असल शासनमा ध्यान केन्द्रीत गरेको उल्लेख गर्नुभएको थियो।
त्यस्तै रास्वपा नेता एवं खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक बेथिति बिकृतिलाई अन्त्य गर्नका लागि सवै जुट्नुपर्ने बताउनुभएको छ। पार्टी सरकारमा गएपछि शासकीय बेतिथीलाई नियन्त्रण गर्न पनि ध्यान केन्द्रीत गरेको उहाँले बताउनुभयो। श्रेष्ठले अनावश्यक, अनाधिकृत ढंगले कुनै सम्झौता गर्नुपरे सरकारबाट बाहिरिने भन्दै राजीनामा तयार रहेको धारणा व्यक्त गर्नुभएको छ
प्रतिक्रिया