प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ !

बेद प्रसाद घिमिरे २०८१ जेठ ३२ गते ९:४७ मा प्रकाशित
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे सदनलाई जानकारी नगराएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति प्रकट गरेको छ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै चर्को असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको एक साता हुँदासम्म यो विषय अखबार पढेर थाहा पाउनुपर्ने दूर्भाग्यपूर्ण अवस्था बनेको उहाँले बताउनुभयो।

प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेको भन्दै लेखकले प्रधानमन्त्री सदनबाट भाग्न खोजेको आरोप लगाउनुभयो।

‘देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनै पनि राष्ट्रको भ्रमणमा जाँदा किन जाने, के उद्धेश्यले जाने, कति दिनका लागि जाने भनेर संसदलाई जानकारी दिने बाध्यात्मक परम्परा छ । प्रधानमन्त्री एक हप्ता पहिला भारत भ्रमणमा जानुभएको छ । फर्कर आएको पनि पाँच दिन भइसकेको छ’, लेखकले भन्नुभयो, ‘नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दल धैर्यता पूर्वक रचनात्मक प्रतिपक्षका रुपमा कुरेर बसेका थियौं । प्रधानमन्त्री सदनमा उपस्थिति हुनु होला । भारत भ्रमणको बारेमा जानकारी गराउनु होला । सदनले थाहा पाउँछ भनेर कुरेर बसेका थियौं । तर पाँच दिनसम्म प्रधानमन्त्री सदनमा आउन सक्नुभएन ।’

प्रमुख सचेतक लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनका बोलेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफसमेत माग गर्नुभएको छ। । तर, प्रधानमन्त्री सदनमा नदेखिएको भन्दै लेखकले गृहमन्त्रीले लगाएका सबै लाञ्छनाको एकमुष्ट जवाफ दिने तयारीमा हो कि डराएर भाग्न खोज्नुभएको हो ? भनी कटाक्ष गर्नुभएको थियो।

लेखकको मागअनुसार नै सभामुखले सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ।

प्रतिक्रिया