सांसद खतिवडाले उच्च शिक्षा प्राप्तिको नाममा खर्बौं रकम विदेशिएको भन्दै चिन्ता व्यक्त

बेद प्रसाद घिमिरे २०८१ जेठ २९ गते २०:५८ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘चार माना रोपेर ६ माना’ उब्जनी हुने अवस्था नभएको बताउनुभयको छ । खतिवडाले बजेटले कृषि, श्रम तथा शिक्षा क्षेत्रको समग्र समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथिको बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभयो । उहाँले ७० प्रतिशत मानिस कृषि क्षेत्रमा निर्भर हुनुपर्ने भए पनि कोदो, तेल, चामल, दाल र घ्यु सबै विदेशबाट आयात गर्नुपर्ने विडम्बना भएको उल्लेख गर्नुभयो।

“नेपालमा अर्गानिक खाना पाइन्छ भन्ने सिद्धान्त विकास गर्नुपर्छ । चार माना रोपेर ६ माना उब्जनी हुने अवस्था छैन । समयमा मल चाहिन्छ, समयमै पुर्‍याउनुपर्छ भन्ने होस्,” उहाँले भन्नुभयो ।

सांसद खतिवडाले उच्च शिक्षा प्राप्तिको नाममा खर्बौं रकम विदेशिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । साथै, विदेशबाट प्राप्त भएको उच्च शिक्षा दुरदराजसम्म पुर्‍याउन किन नसकेको भन्दै प्रश्न गर्नुभयको थियो। बजेटले पहाडी जिल्लामा भवन स्तरीय बनाउने र छानो छाउने कार्यक्रमहरू समेत नभएको जिकिर गर्नुभयो।

छलफलमा उहाँले श्रम रोजगार मन्त्रालयको विषयमा बोल्दै श्रम गर्न विदेश जाने श्रमिकलाई स्वास्थ्य सेवा निःशुल्क र कामको बारेमा जानकारी दिनुपर्ने मा जोडदिनुभयो

प्रतिक्रिया