छोरी कि बुहारी?

बाबा राजेश्वरी थापा भियना, अष्ट्रिया २०८१ जेठ २७ गते १:५८ मा प्रकाशित

न आमाबाबुले बुझ्छन
छोरी कसैकी बुहारी हो
न बुहारीले बुझ्छन
सासुससुरा कसैका आमाबाबु हो

छोरीलाई आमाबाबुको माया औधी
बुहारीलाई सासुसुरा रित्तिएको गाग्री
समाजमा सुनिन्छ छोरी हुने भाग्यमानी
अनि के बुहारी पाउने चाहि अभागी?

ज्वाईलाई हेला गरे छोरीले दुख पाउछे
बुहारीलाई माया गरे छोरा हेपिन्छ रे
समानता सबैलाई चाहिएकोछ बराबर
तर आफ्ना र अरु तौलिने तराजु किन खराब?

आफु बुहारी हुदा सासु ख़राब
आफु सासु बन्दा बुहारी ख़राब
यही पारिवारिक शीत युद्धमा
डुबिरहेछन धेरै घरहरु तनाबमा!!

प्रतिक्रिया