मे २९, २०२४ बुधवारका दिन जुमको भॅचुल प्यात फोरोमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । महासंघका अध्यक्ष तोरण गुरुंगको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा फिप्नाका सचिव दाजिमा शेर्पाको टेकनिकल सपोर्टमा फिप्नाका महासचिव दिपक चौधरीले कार्यक्रमको सचांलन गर्नुभएको थियो !
“ नेपाली अमेरिकन हेरित्यज डे” को बारेमा अन्तरक्रियात्मक तथा छलफल कार्यक्रममा प्रमुख अतिथि न्यूयोर्क राज्यका सभासद जेनिफर राजकुमार र बिशेष अतिथि न्यूयोक राज्यका सभासद स्टिभन रागा, फिप्नाका सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकारहरू , फिवनाका अध्यक्ष इनदिरा चोम्बांग, नेपाल सरकारका पुर्व पर्याटन सदभावना दुत केशव राम राई ,एनआरएनए अमेरीकाका अध्यक्ष सूर्य लम्साल, न्यूयोर्क डेमोक्रयाटीक कलबका अध्यक्ष ज्ञयानेल थापा, अरू अन्य नेपाली डाईसपराका संस्थाहरू र आमणन्त्रित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ६ जना बक्ताहरू थिए, जसमा फिप्नाका सल्लाहकार लोक चेम्जोड॰ले नेपाली अमेरिकन हेरिटेज डेको बारेमा जानकरी दिनु भएको थियो । न्यूयोर्क राज्यका सभासद जेनिफर राजकुमारले न्यूयोर्क राज्यमा रहेका विभिन्न समुदाय र तिनीहरूको संस्कृतिक महत्वको बारेमा बोल्नु भएको थियो।आर्को न्यूयोक राज्यका सभासद स्टिभन रागाले राज्य सभामा नेपाली लगायत अरू अन्य समुदयको विविधता र समावेशी मनाउने बारेमा बोल्नु भएको थियो ।
त्यसै गरी एनआरएनए अमेरीकाका अध्यक्ष सूर्य लम्सालले नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन प्रवासी नेपालीको भूमिकाको बारेमा आफ्नु धारणा राख्नु भएको थियो । माइनोरिटी इम्पावरमेन्तका अध्यक्ष श्याम कार्कीले माइनोरिटी समुदायलाई कसरी इम्पावर गर्न सकिन्छ भनेर बोल्नु भएको थियो । आर्को बक्ता न्यूयोर्क डेमोक्रयाटीक डिस्टिक लिडर छेवाड॰ लामाले नेपालीहरूले मनाउदै गरिरहेका बिभिन्न नेपाली अमेरिकन हेरिटेज डे, नेपाल डे परेड, नेपाल कम्यूनिती डे, एभरेष्ट डे लाई कसरी एउटै छाता मुनि मनाउन सकिन्छ भनेर आफनो धारणा राख्नु भएको थियो ।
फिवनाका अध्यक्ष इनदिरा चोम्बांगले आदिवासी महिलाहरूको शसक्तिकरणको बारेमा बोल्नु भएको थियो । त्यहॅा भएकासम्पूर्न नेपाली डाईस्पोराले नेपाली अमेरिकन हेरित्यज डेको महत्व, नेपाली भाषा र संस्कृतिको बारेमा प्रकास पार्नुको साथै यसको निरणतरतामा सुझाब र सल्लाहा दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिनुको साथै कार्यक्रम समापन गर्नु भएका थिए ।
प्रतिक्रिया