बाल्टिमोरका दुईजना प्रहरी अधिकारीहरुको हत्यामा सॅलग्न एक व्यक्तिलाई दुईवटा जन्मकैदको सजाय 

इनेप्लिज २०८१ जेठ २३ गते १८:३८ मा प्रकाशित

बाल्टिमोरका दुईजना प्रहरी अधिकारीहरुको हत्यामा सॅलग्न एक व्यक्तिलाई दुईवटा जन्मकैदको सजाय सुनाईएको छ  ।

बाल्टिमोरका प्रहरी अधिकारी केओना होली र जस्टिन जोनसनको हत्यामा दुई व्यक्तिलाई जन्मकैदको सजाय सुनाइएको छ । 

 सन २०२१ मा लुकेर बसेर दुई प्रहरीहरुलाई गरेको हत्याको दोषी ठहरिएका एक व्यक्तिलाई मंगलबार लगातार दुईवटा आजीवन कारावासको सजाय सुनाइएको हो ।

इलियट नक्सलाई मार्चमा नौ वटा मध्ये आठ मा दोषी ठहर गरिएको थियो । 

होली डिसेम्बर १६ ,२०२१ मा कर्टिस बे छिमेकमा आफ्नो गस्ती गाडी(कार) बसिरहेकी बेलामा उनको गोली हानी हत्या गरिएको थियो।  

नब्बे मिनेट पछि जोनसन येल हाइट्समा आफ्नो प्रहरी गाडीमा बसि  रहेको बेलामा यस्तै एम्बुस( लुकेर)आक्रमक गरि अर्को प्रहरीको हत्या भएको थियो ।

हत्यामा अभियोग लगाइएको दोस्रो व्यक्ति ट्राभोन श हुन जसको परीक्षण नक्स भन्दा अलग भएको सिविएसन्यूजले जनाएको छ ।

दुवै हत्यामा उनलाई जन्मकैदको सजाय सुनाइएको छ ।

प्रतिक्रिया