प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् भने जुन ८ मा तेस्रो कार्यकालका लागि सपथ लिने सम्भावना रहेको बिभिन्न पत्र पत्रिकाले समाचार लेखेका छन् ।
प्रधानमन्त्री मोदी र केन्द्रीय मन्त्रिमन्डलले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।
राष्ट्रपतिले राजीनामा स्वीकृत गरी नयाँ सरकार नबनेसम्म प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई पदमा बहाल रहन अनुरोध गरेको राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इन्डियन एक्सप्रेसका अनुसार लोकसभा चुनावले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई स्पष्ट बहुमत दिएपछि मोदीले शनिबार, जुन ८ मा लगातार तेस्रो कार्यकालको लागि शपथ लिने सम्भावना छ। सोही दिन केन्द्रीय मन्त्रिपरिषद्को सपथ ग्रहण समारोह पनि हुने सम्भावना छ ।
निर्वाचन परिणाम घोषणा भएको एक दिनपछि बुधबार बिहान प्रधानमन्त्री निवासमा केन्द्रीय मन्त्रिपरिषद्को बैठक बसेको थियो । यसले १७ औं लोकसभा भंग गर्न सिफारिस गरेको छ।
बिहान ११ः३० बजे सुरु भएको बैठकपछि मन्त्रिपरिषद्को बैठक बसेको स्रोतले जनाएको छ । यो मोदीको मन्त्रिमण्डल र मन्त्रिपरिषद्को अन्तिम बैठक थियो। वर्तमान लोकसभा विघटन सम्बन्धी मन्त्रिपरिषद्को सिफारिसले १८ औं लोकसभाको लागि मार्ग प्रशस्त गरेको छ। वर्तमान १७ औं लोकसभाको कार्यकाल जुन १६ मा समाप्त हुन्छ।
मन्त्रिपरिषद् बैठकले लोकसभा चुनावको नतिजाको साथै आगामी सरकार गठनका विषयमा पनि छलफल गरेको स्रोतले जनाएको छ ।
२ सय ४० सिट(स्थान) दाबी गर्दै बहुमतको अभावमा रोकिएपछि भाजपा आफ्ना सहयोगी दलहरूको सहयोगमा सरकार बनाउने तयारीमा छ। यसैबीच एनडीएले ५४३ सदस्यीय सदनमा २९३ सिट प्राप्त गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले ९९ सिट जितेको छ भने इन्डियन गठबन्धनले २३३ सिट जितेको छ ।
प्रतिक्रिया