‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’का लागि श्रीजल र सिकुम उडे मलेसिया

इनेप्लिज २०८१ जेठ २३ गते १०:३० मा प्रकाशित

काठमाडौँ । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्व नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बाले गर्ने भएका छन् । कोटाकिना बालु शहरमा जुन ५( बुधबार)देखि ९सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन उनीहरू मंगलबारसाँझ मलेसिया उडेका हुन् ।

‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता हो । प्रतियोगितामा ले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवर्द्धन गर्नेछन् ।

प्रतियोगितामा बालबालिकासँगै अन्तरास्ट्रिय फेसन कोच राज फैजु पनि सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागी नेपाली बालबालिकाले नेपालमा पर्यटक कसरी आकर्षित गर्ने र पर्यटकले नेपालको छुटाउन नहुने ठाउँको विषयमा फोकस रहेर प्रस्तुति दिने फेसन कोच फैजुले जानकारी दिए । फैजु हाैसलाका लागि अाफै पनि सहभमगी हुँदैछन् ।

यादव र सुब्बा रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘मिलिनियम किड्स ईन्टरनेशनल २०२४´ विजेताहरू हुन्। प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।

प्रतिक्रिया