अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज –अनेसासको निर्वाचन तालिका सार्वजनिकसँगै तातियो माहौल

इनेप्लिज २०८१ जेठ २३ गते १०:२० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले आगामी निर्वाचन २०२४–०२६ का लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । गुणराज लुइटेल संयोजक रहेको अनेसास निर्वाचन समिति २०२४–०२६ ले आज नतिजा सार्वजनिक गरेको हो ।

निर्वाचन तालिका सार्वजनिक गर्नुअगावै विभिन्न पदका लागि विभिन्न दावेदारहरुले उम्मेद्वार घोषणा गरेको जानकारी आआफ्नो फेसबुक तथा समाचारहरुमा प्रकाशन गरेका छन् ।

अहिले अनेसास निर्वाचन २०२४–०२६ का लागि अध्यक्ष पदमा वर्तमान महासचिव विमला निरौलाले र वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले घोषणा गरेका छन् । यसअघि लालगोपाल सुवेदीले पनि अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा गरेका थिए । यद्यपि उनले आफूले अध्यक्ष नभई वरिष्ठा उपाध्यक्षका लागि चुनावमा उत्रने जानकारी उनकै फेसबुक वालमार्फत जानकारी गराएका छन् ।

उम्मेद्वारी घोषणा सँगसँगै आजीवन सदस्यहरुले बधाई शुभकामना व्यक्त गरेका छन् । मतदाताले घोषणा गरेका उम्मेद्वारलाई बधाई तथा शुभकामना दिनु स्वाभाविक पनि हो र मतदाताले पक्ष विपक्षमा आआफ्नो धारण व्यक्त गर्नु स्वाभाविक पनि हो । तर उम्मेद्वारबाहेकका वर्तमान केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी वा सल्लाहकारले खुलेर एक पक्षका विषयमा बोल्नुलाई चुनावको निष्पक्षतामा शंका गर्न थालेका छन् अनेसासका आजीवन सदस्यहरु ।
त्यसैगरी अनेसासको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र लालगोपाल सुवेदीले घोषणा गरेका छन् ।

अनेसासको पाँचओटा उपाध्यक्षहरुमा महत्वपूर्ण रुपमा हेरिने अमेरिका उपाध्यक्षका लागि वोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त र वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य सुदीपभद्रले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै एसिया उपाध्यक्षका लागि कोरियाका प्रमोद सारंग, जापानबाट दिनेशराज ज्ञवाली र नेपालबाट सरिता अर्यालले उम्मेद्वार घोषणा गरेका छन् ।

त्यस्तै युरोपबाट उपाध्यक्षका लागि डिल्ली अम्माइले उम्मेदवारी घोषणा गरेका छन् भने ओसियानाबाट प्रत्यक्ष रुपमा घोषण भइनसकेको जानकारी रहेको छ ।
अनेसासको महासचिव पदका लागि कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला र निवर्तमान अनेसास कोषाध्यक्ष निलुकृष्ण गिरीले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै सचिव पदका लागि युरोपका एनबी अन्जान र अनेसास केन्द्रीय सदस्य तारा अधिकारीले उम्मेदवारी घोषणा गरेकी छन् । सदस्य पदका लागि हालसम्म उम्मेदवारी घोषणा भएको जानकारी प्राप्त भएको छैन ।

निर्वाचन तालिका यसप्रकार रहेको छ :

  • मतदाता सूची प्रकाशन : जून ५, २०२४ बुधबार (inls.org) मा
  • अन्तिम मतदातासूची प्रकाशन जून ६, २०२४ बिहीबार
  • उम्मेदवारी दर्ता : जून २२ शनिवारदेखि जून २४, २०२४ सोमबारसम्म
  • उम्मेद्वारी फिर्ता लिनसक्ने जून २६, २०२४ बुधबार
  • अन्तिम उम्मेद्वारहरुको नामावली प्रकाशन जून २८, २०२४ शुक्रबार
  • चुनावी अभियान र प्रचारप्रसार जून २८ शुक्रबारदेखि जूलाई ३, २०२४ बुधबारसम्म
  • चुनावी मौन अवधि जुलाई ४ राति १२ बजेदेखि जूलाई ५ राति ११ः ५९ बजेसम्म
  • मतदान समयः जुलाई ६, १२ बजे देखि जुलाई ७ राति ११ः ५९ सम्म
  • चुनावी नतिजा घोषणा : जुलाई ८, २०२४ सोमबार

उम्मेद्वारी घोषणा सँगसँगै आजीवन सदस्यहरुले बधाई शुभकामना व्यक्त गरेका छन् । मतदाताले घोषणा गरेका उम्मेद्वारलाई बधाई तथा शुभकामना दिनु स्वाभाविक पनि हो र मतदाताले पक्ष विपक्षमा आआफ्नो धारण व्यक्त गर्नु स्वाभाविक पनि हो । तर उम्मेद्वारबाहेकका वर्तमान केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी वा सल्लाहकारले नै खुलेर एकपक्षका विषयमा बोल्नुलाई चुनावको निष्पक्षतामा शंका गर्न थालेका छन् अनेसासका आजीवन सदस्यहरु ।

प्रतिक्रिया