बीजेपी मुख्यालयमा प्रधानमन्त्री मोदीले भने – एनडीए सरकार बन्ने छ ,मोदीलाई नराम्रो बाघे झापु

इनेप्लिज २०८१ जेठ २३ गते १:२१ मा प्रकाशित

भारतीय जनता पार्टी (बीजेपी)को मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए सरकार बन्ने बताए । भाजपाको स्थान अपेक्षा भन्दा घट्न गएको छ । सन् २०१४ र २०१९ मा भन्दा यस पटक मोदीलाई झट्का लागेको छ ।

एनडीए सहित ४०० स्थानमा बिजयी गर्ने महात्वाकांक्षामा तुसारोपात लागेको छ । मोदीले भने, “तपाईहरुको माया र आशीर्वादको लागि म सबै देशवासीहरूको ऋणी छु। यस शुभ दिनमा एनडीएले लगातार तेस्रो पटक सरकार बनाउन लागेको छ।

हामी सबै जनताप्रति धेरै धेरै आभारी छौं। आजको जित विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको जित हो भन्ने कुरामा पूर्ण विश्वास व्यक्त गरे ।

मोदीले अगाडी भने, “यो चुनावी जनादेशका धेरै पक्षहरू छन्, सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गरेर तेस्रो पटक सरकार आएको छ।

“ओडिशामा भाजपाले सरकार बनाउन लागेको छ र ओडिशाले लोकसभा चुनावमा पनि राम्रो प्रदर्शन गरेको छ। महाप्रभु जगन्नाथको भूमिमा भाजपाको मुख्यमन्त्री हुने यो पहिलो पटक हुनेछ,मोदीले भने । समाजका हरेक क्षेत्र र वर्गको विकासका लागि एनडीए सरकारको प्रतिबद्धता सदैव रहेको छ । विगत १० वर्षमा हामीले २५ करोड जनतालाई गरिबीबाट बाहिर ल्याएका छौं, जसमा ठूलो संख्यामा अनुसूचित जाति, जनजाति छ। गरिबी देशको विगतको हिस्सा नबन्दासम्म हामी रोकिने छैनौं।

पीएम मोदीले सामाजिक संजालमा प्रतिक्रिया दिदै लेखे ,जनताले लगातार तेस्रो पटक एनडीएमा विश्वास व्यक्त गरेको छ। यो भारतको इतिहासमा ऐतिहासिक उपलब्धि हो। जनताको यो स्नेहलाई म सलाम गर्दछु र जनताको आकांक्षा पूरा गर्न विगत एक दशकमा भएका राम्रा कामलाई निरन्तरता दिने विश्वास दिलाउन चाहन्छु । म हाम्रा सबै कार्यकर्ताहरूलाई उनीहरूको कडा परिश्रमको लागि पनि सलाम गर्दछु।

यता पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मोदीको राजीनामा मागिन । पममता बनर्जीले भनिन्, “मैले अखिलेश यादवलाई धन्यवाद दिएकी छु, आगामी चुनावमा उत्तर प्रदेशमा अखिलेश यादवले मात्रै जित्ने छन्, बिहारको नतिजामा कुनै सत्यता छैन, मैले तेजस्वी यादवसँग कुरा गरेको छु।

प्रधानमन्त्रीले बहुमत ल्याउन नसकेकोमा खुसी छु ,उनले भनिन । प्रधानमन्त्रीले आफ्नो विश्वसनीयता गुमाएका छन्, उनले तत्काल राजीनामा दिनुपर्छ किनभने यसपाली ४०० नाघ्ने बताएका थिए । मैले तपाईलाई २०० भन्दा ज्यादा स्थानमा नजित्ने भनेको बताईन ।

कांग्रेस नेता राहुल गान्धीले भने , भारतीय गठबन्धन र कांग्रेस दल (पार्टी)ले यो चुनाव एउटा राजनीतिक दल विरुद्ध मात्र लडेको थिएन, हामीले यो चुनाव भाजपा, भारतका संस्थानहरू, सीबीआई-ईडी, ती सबैको विरुद्ध लडेका छौं ।

जेडीयू र टीडीपीसँग मिलेर सरकार बनाउने सम्भावनाबारे कांग्रेस नेता राहुल गान्धीले भने, “हामीले पहिले भनेझैँ भारत गठबन्धनका हाम्रा सहयोगीहरूसँग भोलि बैठक गर्नेछौं। हामी गठबन्धन दलहरूसँग वार्ता नगरी यसबारे कुनै वक्तव्य दिन चाहँदैनौं।

राहुल गान्धीले अगाडी भने, “यस (संविधान) बचाउने काम भारतका गरिब जनताले गरेका छन्। उनीहरूले अचम्मको काम गरेका छन्। मजदुर, किसान, दलित, आदिवासी, पिछडिएका मानिसहरूले यसलाई बचाउने काम गरेको भन्दै खुसी व्यक्त गरे ।

मोदीको भारतीय जनता पार्टीले तल्लो सदन संसदमा स्पष्ट बहुमत ल्याउन सकेन । मोदीको भाजपाले २४० सिट जितेको देखाएको छ । भारतको संसदमा ५४३ सिट छ भने कम्तीमा २७२ स्थान (सिट )जित्ने दल वा गठबन्धनले सरकार बनाउँछ।

यसैबीच विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन तथा भारतीय राष्ट्रिय कांग्रेसले २३३ वटा स्थान जितेको छ । यो पहिलेको भविष्यवाणी भन्दा धेरै राम्रो परिणाम आएको छ ।

बीजेपीले २०१९ को ३०३ वटा स्थान जितेको थियो । या पटक ६३ वटा स्थान गुमाएको छ। बीजेपी नेतृत्वको गठबन्धनले २०१९ मा ३५३ स्थान जितेको थियो ।

मोदीले गत मार्चमा एनडीएले ४०० भन्दा बढी स्थानहरु जित्ने बताएका थिए । उत्तर प्रदेशको वाराणबाट भाजपाका उम्मेदवार प्रधानमन्त्री नरेन्द्र मोदी विजयी भएका छन् । उनले कांग्रेसका अजय रायलाई १ लाख ५२ हजार मतले पराजित गरेका हुन् । पीएम मोदीले कुल ६,१२,९७० मत पाएका छन् ।

प्रतिक्रिया