हमास नेताले रफाह हमलाले इजरायलले अन्तर्राष्ट्रिय कानुनको अवहेलना गरिरहेको देखाएको बताएका छन् ।
५० जनाको ज्यान गएको रफाह हमलामा टिप्पणी गर्दै हमासले एक विज्ञप्ति जारी गर्दै इजरायलले रफाहमा भएको आक्रमणलाई “नेतन्याहुको सरकारले अन्तर्राष्ट्रिय न्याय निर्णयहरूको अवहेलना गरेको घोषणा” जस्तै भएको बताएको छ।
हमास नेता ओसामा हमदानले भने, “आफ्नो सुरक्षित क्षेत्र मानिने क्षेत्रमा नरसंहार भएको छ ।” “पछिल्लो दुई दिनमा यी हत्याहरूको समय नेतान्याहुको सरकारले अन्तर्राष्ट्रिय न्याय निर्णयहरूको अवज्ञा गरेको घोषणा जस्तै हो।”
यो घटनाको कारण बिश्वब्यापीरुपमा इजरायलको निन्दा भएको छ । इजरायलका प्रधानमन्त्रि बेन्जामिन नेतन्याहुले उक्त घटना दुखद भएको जनाएका छन् ।
प्रतिक्रिया