प्रिय गणतन्त्र शुभ-कामना कसरि दिउ

बेद प्रसाद घिमिरे २०८१ जेठ १५ गते ४:०६ मा प्रकाशित

प्रिय गणतन्त्र
शुभ-कामना दिउ कि?
समवेदना प्रकट गरु?
अन्योलमा छु म
२४० बर्ष सम्म अअत्यचार गर्दै
आएको एक दैत्य रावणलाई
परास्त गर्दै
हजारै नयाँ दैत्य जन्मायौ
दु:ख मनाउ कि म ?
हर्षोउल्लास मनाउ म?
दोधारमा छु
१० बर्ष लामो प्रेमलीला रचाउदै
१९ दिन सम्म लगातार सहावास गर्दै
तिम्रो पेट भित्र शान्ती र सम्बिधानको
भ्रुण बिजारोपन गरी
मन्द मन्द मुस्कुराएका थिए तीन करोड बाउहरु
खुट्याउन गार्हो भो
हामीले त शान्ती र संबिधानको बिज रोपेका थियौ
तिमीले त जन्मायौ
महंगी
भ्रस्टचार
लोडसेडिङ
बलत्कार
अ-शान्ती
अँह यो हाम्रो बिज हुँदै होइन
तिम्रो चरित्रमा दाग लागि सक्यो
यो पक्कै अरु कसैको सन्तान हो
हाम्रो सन्तान कदापी यस्तो हुँदैन थ्यो
खुशीले भनौ या शोकले
एक प्याला पिए मैले पनि

बेहोसिमा अचेत भै भन्दै छु
गणतन्त्र शुभ-कामना तिमीलाई
शुभ-कामना शुभ-कामना शुभ-कामना

प्रतिक्रिया