दोहाबाट डब्लिनका लागि उडेको कतार बिमानसेवामा हलचल ( टरबुलेन्स)हुँदा १२ जना घाइते भएका छन् । तर सुरक्षित रुपमा बिमान अवतरण भएको छ ।
दोहाबाट डब्लिनका लागि उडेको उक्त विमान दुर्घटनामा परेको हो । दोहाबाट डब्लिनका लागि गत आइतबार उडेको कतार एयरवेज(बिमानसेवा)को विमान दुर्घटना हुँदा १२ जना घाइते भएको विमानस्थलका अधिकारीहरूले बताएका छन्। घाइतेमध्ये आठ जना अस्पताल भर्ना भएका छन् ।
डब्लिन विमानस्थलले एक विज्ञप्तिमा जारी गर्दै उडान क्युआरओ१७ बोइङ ७८७ ड्रीमलाइनर निर्धारित समय अनुसार १ बजे भन्दा पहिले सुरक्षित अवतरण भएको जनाएको छ ।
विमान अवतरण गर्दा आपतकालीन सेवाहरु त्यहाँ पुगेका थिए । छ जना यात्रु र छ जना चालक दलका सहित टर्की माथि आकाशमा उड्ने क्रममा विमानले अशान्ति (टरबुलेन्स )अनुभव गरेपछि घाइते भएको बिज्ञप्तिमा जनाईएको छ ।
विमानमा सवार सबै यात्रुहरूको चोटपटकको लागि मूल्याङ्कन गरिएको र त्यसपछि आठ जनालाई अस्पताल लगिएको थियो।
“उडानमा थोरै संख्यामा यात्रु र चालक दललाई सामान्य चोटपटक लागेको छ र अहिले स्वास्थ्य उपचार भइरहेको छ।” कतार एयरवेजको एक विज्ञप्तिमा भनिएको छ ।
लन्डनबाट सिंगापुर विमानसेवाको विमान गम्भीर अशान्ति (टरबुलेन्स)मा पर्दा एक बेलायती व्यक्तिको हृदयघातबाट मृत्यु र दर्जनौं व्यक्ति घाइते भएको पाँच दिनपछि यो घटना भएको हो।
प्रतिक्रिया