एमालेले गृहमन्त्रीलाई जोगाउने बहानामा आफ्ना नेता कार्यकर्ता लाई जोगाउन खोजेको महामन्त्री शर्माको आरोप

बेद प्रसाद घिमिरे २०८१ जेठ १३ गते १२:१९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने बहानामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहकारी अपचलनमा संलग्न पार्टीका नेता तथा कार्यकतालाई जोगाउन खोजेको आरोप लगाउनुभएको छ।

आइतबार काठमाडौंको प्रदर्शनी मार्गमा कांग्रेसले आयोजना गरेको सहकारी ठगिविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओलीले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन हुँदैन भनेर दृढतापूर्वक उभिनुका चार कारण रहेको बताउनुभयो।

महामन्त्री शर्माले पहिलो कारण सत्ताको अंक गणित, दोस्रो आफ्ना कार्यकर्ता जोगाउन, तेस्रो गिरीबन्धुमा रास्वपाको सहयोग खोज्न र चौथो कारण मिसन ८४ रहेको बताउनुभयो। शर्माले भन्नुभयो- ‘उहाँ (ओली) गृहमन्त्रीलाई जोगाउने बहानामा, मैले आरोप लगायो नभन्नु होला, देशभरीका एमालेहरुले पनि सुनिरहनु भएको होला, तपाईको पार्टीका अध्यक्ष, तपाईँकै एमालेका कयौं साथीहरु सहकारीमा संलग्न हुनुहुन्छ । रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्रहरु जो सहकारी अपचलनमा संलग्न हुनुहुन्छ, ती सबलाई जोगाउन चाहनुहुन्छ कमरेड केपी ओली ।’ , ‘त्यो जोगाउन चाहिराखेर एमालेलाई नै बदनाम गराउने कर्म गरिरहनु भएको छ । एमालेका साथीहरुले विस्तारै बुझुनुहोला । दोष, आरोप, गाली रवि लामिछानेको भागमा थुपारेर उहाँ रक्षा चाहीँ एमालेका पार्टी पंत्तिलाई गर्न चाहनुहुन्छ, जो सहकारी अपचलनको सन्दर्भमा संलग्न छन्

प्रतिक्रिया