चीनलाई अमेरिकी राष्ट्रिय प्रतिरक्षा सुरक्षा उपलब्ध गराउने पूर्व सीआईए अधिकारी दोषी ठहर

इनेप्लिज २०८१ जेठ १२ गते १९:२१ मा प्रकाशित

चीनलाई अमेरिकी राष्ट्रिय सुरक्षा जानकारी उपलब्ध गराउने पूर्व सीआईएका एक अधिकारी दोषी ठहर भएका छन् । अमेरिकी न्याय बिभागले उनले दोषी स्वीकार गरेको जनाएको छ ।

एफबीआई गोप्य कारवाहीमा लक्षित एक पूर्व सीआईए अधिकारीले गत शुक्रबार जनवादी गणतन्त्र चीनलाई राष्ट्रिय सुरक्षा जानकारी उपलब्ध गराउन दोषी स्वीकार गरेको न्याय विभागले बताएको छ ।

होनोलुलुका ७१ वर्षीय अलेक्जेन्डर युक चिङ् मा जसले १९८० को दशकमा ७ वर्षको अवधि सीआईए अधिकारीको रूपमा सेवा गरेका थिए । उनले सन् २००१ मा एक अज्ञात सह-षड्यन्त्रकारीसँग चिनियाँ गुप्तचरलाई “अमेरिकी राष्ट्रिय प्रतिरक्षा सम्बन्धी जानकारीको ठूलो मात्रामा वर्गीकृत” सामग्रीहरु उपलब्ध गराउन काम गरे।

उनले एबबिआईको होनोलुलु भूमि कार्यालयमा भाषाविद्को रूपमा आवेदन दिए पछि २००४ देखि २०१२ सम्म सेवा गरे।

एबबिआईद्वारा जारी गरिएको बिज्ञप्ति अनुसार एफबीआई माको पीआरसी (पीपुल्स रिपब्लिक अफ चाइना) गुप्तचरसँगको सम्बन्धको बारेमा सचेत थियो ।

एफबिआईद्वारा निगरानीमा रहेका उनले रोजगारीको क्रममा एफबिआई कार्यालयमा अङ्कीयचित्रक (डिजिटल क्यामेरा )लिएर संवेदनशील कागजातहरूको तस्बिरहरु लिन्थे र चीनमा लैजाने गर्थे ।

चिनियाँ गुप्तचर अधिकारीहरूलाई उपलब्ध गराइएका गोप्य कागजातहरूबारेमा गत शुक्रबार अमेरिकालाई हानी र चीनलाई फाइदा पुग्ने भन्ने बारेमा सचेत भएको कबुलेका थिए ।

यदि अदालतले उनको याचिका स्वीकार गरेमा आगामी सेप्टेम्बर ११ मा हुने सुनुवाइ हुने र उनलाई संघीय कारागारमा १० बर्षको सजाय हुनेछ।

प्रतिक्रिया