आफुले उपयोग गर्ने बिजुलीको मालिक आफै

इनेप्लिज २०८१ जेठ १२ गते ११:४६ मा प्रकाशित

करिब दुई दशकदेखि अमेरिका टेक्सस राज्यस्थित युलेस शहरमा परिवारका साथ बस्दै आउनुभएका हरिकृष्णराज बिष्ट समाजिक रुपमा एक स्थापित नाम हो । लम्जुङ्ग जिल्लामा जन्मिएपनि अमेरिकालाई कर्मभूमि बनाउनुभएका बिष्टको युलेस शहरमा एक छुट्टै पहिचान रहेको छ ।

पेशाले सुचना प्रविधि क्षेत्र, आईटी ईन्जिनियरको रुपमा बर्षौदेखि काम गर्दै आउनुभएका बिष्ट युलेस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबिचमा सामाजिक, धार्मिक र परोपकारी काममा समेत खुलेरै लाग्ने गर्नुभएको छ । व्यवसायिक रुपमा आईटी ईन्जिनियरको रुपमा काम गर्दैआएपनि उहाँले हालै मात्र अर्को नयाँ पेशा, शौर्य उर्जा परामर्शदाता As a business, Indeed Solar Consultant and Business owner र विद्युत सेवा प्रदायक Electricity Service provider को रुपमा आफुलाई स्थापित गराउने जमर्को गरिरहनुभएको ।

प्रस्तुत छ, सौर्य उर्जा परामर्शदाता हरिकृष्णराज बिष्टसँग अमेरिकामा सौर्य उर्जाको महत्व र यसको बर्तमान अबस्थाबारे गरिएको कुराकानी :-


के गर्दै हुनुहुन्छ हिजोआज ?

म दुई सन्तानको बुवा हो । मेरो दैनिकी उनिहरुलाई ब्रेकफास्टको तयारी ,स्कुलको‌ लागि तयारी, स्कुल छोड्ने काम बाट मेरो दिनको सुरुवात हुन्छ। त्यसपछि मेरो कफिको चुस्कि संगै मेरो काम‌। दिउँसो 3 बजे पछि कामबाट एकछिन छुट्टि लिएर बाबुहरु लाई स्कुल लिन जानु पर्छ। साँझ एकछिन पारिवारिक माहोल सँगै मेरा हितैसि लागायत अन्य सेवाग्राहिसँग कुराकानी मेरो रुटिननै बनेको छ ।

तपाई करिव २० बर्षदेखि अमेरिकामा हुनुहुन्छ ।आईटीको क्षेत्रमा काम पनि गरिरहनुभएको छ ।फेरी पछिल्लो समयमा तपाईले Solar Consultant र Electricity Service provider को रुपमा पनि काम शुरु काम गर्दै आउनुभएको छ, यसमा चाख हुनुको कारण ?

म Independent Powur Consultant हो अमेरिकामा शहरीकरणसँगै विजुलीको उपभोग पनि बढिरहेको छ र मुल्य पनि हरेक वर्ष 4% भन्दा बढिको अनुपातमा बढिरहेको छ। यसबाट छुटकारा पाउने एकमात्र उपाय Solar panels मा जानु हो । यसको अर्को पाटो हाम्रो समुदायबाट यो पेशामा खासै धेरै मानिसहरू आवद्ध हुनुहुन्न त्यसैले सौर्य उर्जा को बारेमा राम्रो जानकारी नहुनु सामान्य कुरा हो । तर अर्को गंभिर कुरा के छ भने यसबारे नजान्दा र नबुझ्दा हाम्रा समुदायका थुप्रै व्यक्तिहरु केहि सोलार प्यानलको जथाभावि बिज्ञापानको शिकार पनि भैरहेका छन् ।

मेरो उदेश्य भनेको हाम्रो समाजकासबै मानिसहरूले Solar panels Installation को सहि जानाकारी पाउनु पर्छ र सहुलियत मुल्यमा सेवा प्राप्त गर्नुपर्छ भन्ने नै हो । त्यसैले पनि म यो पेशामा पुर्णरुपमा ज्ञान हासिल सहित लागिरहेको छु ।

Solar Consultant र Electricity Service provider पेशा वास्तवमा कस्तो पेशा हो ?

यो सेवा सँगै मेरो पेशा पनि बनेको छ ।‌ कुनैपनि मानिसहरुको दैनिक जीवनमा बिधुत् ( Electricity ) को ऊपयोग अपरिहार्य जस्तै बनेको छ । म संग AI ( Artificial Intelligence) Software हरु छन् जसले Business को लागी वजारमा भएका संपूर्ण Electricity provider हरुको अहिलेको अवस्थाको Per Kw market price scan गर्छ र सवै भन्दा उचित मुल्य र Contract Period Suggestion गर्छ। उदाहरणको लागि – जसरी हामि जहाजको टिकट खरिद गर्नु अगाडि कुन रुट मा कति समय लाग्छ ? कति मुल्य लाग्छ ? भनेर सबैकुरा अध्ययन गर्छौ, सोहि टिकट गर्मी महिना र चिसो मौसममा फरक फरक मुल्य पनि हुन्छ । यो Electricity service मा पनि करिव उस्तै नै हो । मसंग Software र knowledge दुवै भएको हुदा सेवाग्राहिले यो सुविधा र यसको पुर्ण जानाकारी सजिलै लिन सक्नुहुन्छ। व्यापारिक भबन, र ठुला घर जस्ता संरचनामा धेरै बिधुत् खपत हुन्छ । त्यसैले पनि हामिले यसको प्रयोग गरेर Per Kw मा One cent कम गर्न सकियो भने वर्षमा धेरै रकम बचाउन सकिन्छ । व्यापारिक भवन र ठुला घरमामा मात्र नभएर तपाई हामि बस्दै आएका घरमा समेत यसको प्रयोग गरेर बार्षिक थुप्रै रकम बचत गर्न सकिन्छ ।

यो पेशामा लाग्ने प्रेरणा कसरी मिल्यो ?

म धेरै मानिसहरूसंग बोलचाल गर्न र Public Relations राख्न मन पराउने स्वभावको व्यक्ति । म नयाँनयाँ कुरामा अध्ययनको रुचि राख्ने पनि गर्छु । म सँग केहि समय पनि थियो र यो काम Online माध्यमद्वारा संसारको जुनसुकै कुनामा वसेर पनि गर्न सकिने हुदा यो पेसाबाट पैसा कमाउनु भन्दा पनि सेवाभाववाट नै प्रेरित भएर यतातिर पनि लागेको छु । काम गर्दैजाँदा व्यवसायिक पनि भईदै गइयो ।

अमेरिकामा Solar panels को महत्व कति छ ? सेवाग्राहिले यो प्रबिधि जडान गर्दा के कुन कुन कुरामा फाईदा लिनसक्छन् ?

हामी सबैले अमेरिकामा रात दिन नभनिकन धेरै मेहनेत गरेका हुन्छौ सोहि अनुसार केहि कमाई पनि भएकै हुन्छ। तर हामिले कहिलेकाहि सानोतिनो कुरामा वास्ता नगर्दा हाम्रो खर्च बढेको हामि चालै पाउदैनौ । त्यसमध्ये बिधुत् पनि एक हो । अहिले अमेरिकी सरकारबाट सोलार प्यानल राख्ने सवैले Total Cost को 30% Tax Credit पाउन सकिन्छ। र कुनै कुनै राज्य हरुमा त State ले पनि केहि सहुलियत दिई रहेको छ। त्यसैले अहिले Solar panels राख्न‌ ऊपयुक्त समय हो र Solar panels अहिलेको आवश्यता पनि हो । त्यसैले दैनिक रुपमा आकासिदै गरेको बिजुलीको मुल्य बाट छुटकारा पाउन पनि Solar panels को शुरुवात गर्न म सबैलाई आग्रह गर्दछु ।

बेफाईदा पनि त होलान्?

Solar panels मा लगानी गर्नु भनेको आफुले उपयोग गर्ने बिजुलीको आफै मालिक बन्नु हो ।‌ त्यसैले यसबाट केहि कसैलाई बेफाईदा भएको आजसम्म मैले सुनेको छैन ।

यो सेवा लिनचाहने सेवाग्राहिले कसरी सेवा लिन सक्छन् ?

यदि सेवाग्रहिले म बाटै सेवा लिन चाहानुहुन्छ मलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ । मेलै उहाँहरुलाई सक्दो सहयोग गर्नेछु ।

मेरो मोवाईल नम्बर 2149269022 मा (WhatsApp, Viber) वा [email protected] वा https://www.facebook.com/hari.bista.14?mibextid=JRoKGi

अहिले तपाईका सेवाग्राहिहरु कुनकुन बर्ग र क्षेत्रका छन् ?

मैले यो सेवा अमेरिकाका प्राय राज्य दिदै आएको छु । यसको बिषयमा चासो राख्ने सबै बर्ग र क्षेत्रका मानिसहरुले Solar panels को महत्व, फाईदा र जडानबारे जानाकारी लिनुहुन्छ ।

तपाईसँगनै यि सेवा लिनुपर्ने कारण ?

म चाहन्छु नेपाली समुदायले सहुलियत मुल्यमा यो सेवाप्राप्त गर्न सकुन् । बिधुत् शुल्कमा केहि रकम वचत होस् । उहाँहरुले सहज तरिकाले मेरो सेवा लिन सकुन् लगायतका कुराको ग्यारेण्टी म दिन चाहान्छु । म सँगै यो सेवा नलिए पनि मैले उहाँहरुलाई कुनै प्रावधानबिना सहयोग र सहि सल्लाह दिएर सहयोग गर्दै आएको छु ।

अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?

जुन पेशामा म छु त्यहि पेशामा सन्तुष्ट हुनसक्नुपर्ने रहेछ । सबैकुरा आर्थिक आम्दानी र व्यक्तिगत फाईदामा मात्र जोडिएको हुदैन । त्यसैले आफ्नो पेशा, व्यवसाय, र जागिरे जिवन त छदैछ त्यसका अलवा समाजमा भिज्नु र परदेशको ठाऊँमा सामाजिक कार्यमा सक्रिय हुनु पनि ठुलो आत्मसन्तुष्टी हुनेरहेछ । एकता नै बल हो त्यसैले हामि समुदायमा केहि गर्न चाहन्छौ भने व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने गरौं।

प्रतिक्रिया