लघु कथा – बैंक काड

इनेप्लिज २०८१ जेठ १२ गते २:५३ मा प्रकाशित

मिरमरे उज्यालो नहुँदै रमाले नुहाएर, सरसफाइ सकेपछि पुजा,पाठ पनि गरिन् ।भैंसी दुहिन,दूध तताइन र आफ्नो लागि एक कप चिया पकाएर बैठक कोठाको शोफामा बसेर चियाको सुर्को लगाउँदै थिइन ।

रमाको चियाको सुर्को निलिएकै थिएन,बाहिरको ढोका ट्याक्क,ट्याक्क बज्यो ।

रमा जुरुक्क उठेर भित्री ढोका खोलिन् र हेरिन् ! ” ओहो ! दिदी तँ पो आएकी , लौ अचम्मै पो भयो !” भन्दै रमाले ढोका खोलिन र शिलाको स्वागत गर्दै अंकमाल गरिन् ।

सन्चो विसन्चो सोध्दै दुवै भित्र छिरे । विस्तारै घाम झुल्केकोले बसेको कोठा पारिलो र न्यानो भयो ।

एकछिनको घरायसी गनथन सकेपछि रमाले छोरा नविनलाई बोइन् । नवीनले ओछ्यानबाटै हस आउँछु भन्दै करायौ ।निकै दिनपछि भएको दिदीबहिनीको भेटलाई नविनको ढिलासुस्तीले खासै असर पारेन् ।

नवीन नआएको भएर,रमाले फेरि नवीन भन्दै बोलाइन । हाइ गर्दै नवीन रमाको छेउमा पुग्य‍ ।
रमाले दिदी शिलातिर फर्केर,हेर त ठुल्यामा ! कति चाँडै आउनु भएछ। विचरा ! चिसो भयो होला । जा तातोपानी लिएर आइज । “
रमाको कुरा सकिएकै थिएन,शिलाले ” म तातोपानी पिएर नै हिडेकी , तातोपानी नपिउने है ।”

शिलाले तातोपानी नपिउने भनेपछि रमाले छोरालाई , “दूध लिएर आउ !” भन्दाभन्दै शिलाले , ” दूध किन्न मेरो पैसा लान्छौ भने म चिया पिउने,नत्र नपिउने है !”

भन्दै बैंक कार्ड लिकालिन र नविनलाई दिइन्। रमाले ” घरमा दूध हुँदाहुँदै किन किन्नु पर्यो नि ?” भन्दै थिइन । नवीनले कार्ड समात्यो ।शिलाले नविनतिर फर्केर, ” दुई लिटर दूध ल्याउ अनि यसो तिमीलाई मन पर्ने केही कुरा भए त्यो पनि ल्याउ है छोरो !” भनिन् ।रमा, ” घरमा दूध हुँ
दाहुँदै किन दूध किन्न पठाको होला!” भनेर गन्थनाउँदै थिइन । शिलाले, भैगो छोड्दे, धेरै भए खिर खाउँला नि त !” भन्दै फेरि दिदीबहिनी गफमा मस्त भए।
नवीन ठुल्यामाको कार्ड बोकेर दौड्यो ।

नविनले दूध लिएर आउन एक घण्टा भन्दा बढी लगायो । तर रमा र शिलाको गफले समय वितेको पत्तै पाएनन् ।
घण्टौं विताएर नविनले दूध ल्यायो ,दूध ततायो र तीनै जनालाई चिया बनायो । किस्तिमा चिया राखेर खुसी हुँदै आमा र ठुल्यामालाई चिया लिएर गयो।

पहिले ठुल्यामा अनि आमालाई चिया दियो ।आफ्नो चियाको ग्लास समाएर किस्ति छेउमा राख्दै ठुल्यामा छेउ गयो र ठुल्यामाको बैंक कार्ड दिँदै भन्यो,
” ठुल्यामा ! मैले दुई लिटर दूध मात्रै ल्याएँ । हजुरले तिमीलाई केही चाहिन्छ कि ! हेरेर ल्याउ भन्नू भएको थियोे । मलाई त एउटा मोबाइल चाहिएको थियोे । पसलमा यसो हेरें, नयाँ मोडेलको आइफोन देखें अनि मेरो लागि एउटा आइफोन पनि ल्याएँ ।”
भन्दै आइफोन देखायो र बैंक कार्ड फिर्ता दियो ।

नविनको कुरा सुनेर शिला लत्याक लुतुक भइन् ।उनको हातको चियाको कप सर्लकै भुइमा झर्यो । रमा नविनतिर फर्केर कराउन थालिन् ।

प्रतिक्रिया