पहिलो पटक टंकले सार्वजनिक गरे आफ्नो बुवा… मेरो बाबा

इनेप्लिज २०८१ जेठ ९ गते १९:३० मा प्रकाशित

काठमाण्डौँ । पछिल्लो समयका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो बुवा सार्वजनिक गरेका छन् । बुढाथोकीले बुधबार आफ्नै युट्युव च्यानलमा मेरो बाबा बोलको गीत मार्फत बुवालाई सार्वजनिक गरेका हुन् ।

बुढाथोकीको गायन र संगीतले नेपाली साङगीतीक दुनियालाई जुरुक्क बोकेको छ भन्दा फरक नपर्ला । उनको स्वर तथा संगीतमा रहेको मनबिनाको धनठुलो, चौरीको चाम्रो छुर्पी, रुपै मोहनी, कसरी कसरी, तोरी तेल लगायत सम्पूर्ण गीत संगीतले नेपाली सांङगीतीक बजारमा तहल्का पिटेको छ ।

दर्शक श्रोताले रुचाउने डान्सिङ गीतहरु बाट मनग्य चर्चा कमाएका बुढाथोकीले हाल भने पारिवारीक तथा संदेश मुलक गीत तथा भिडियो सार्वजनिक गर्ने गरेका छन् । उनले बुधबार सार्वजनिक गरेको मेरो बाबामा उनका बुवा बुद्धिमान बुढाथोकी, आभा थापा, करुणा थापा, भुवनहरी शर्मा र स्वयम आफैले पनि अभिनय गरेका छन् । उनी यस गीतमा भने चित्रकला शिक्षकका रुपमा प्रस्तुत भएका छन् । सो गीतलाई सैरव लामाले छायंकन, बुढाथोकी स्वयमले संपादन र कविराज गहतराजले निर्देशन गरेका छन् ।

गीतमा बुवाको मिहेनत, सन्तानलाई दिने शुख र संन्तानबाट पाउने खुखीहरुलाई ब्याक्त गर्न खोजीएको छ । गीतमा बुवा नहुनुको पिडा, बुवाको अनुहारनै थाहाँ नपाएको कारुणिक चित्र प्रस्तुत छ । गीतले हाल छोटो मनोरंजनको साथध टिकटकमा अत्याधिक भिडियोहरु समेत बनेका छन् ।

प्रतिक्रिया