अमेरिकाको आयोवा राज्यमा आएको घुम्रपात (टोर्नाडो)मा ठूलो जनधनको क्षति, गर्भनरद्वारा १५ वटा काउन्टीमा आपतकालको घोषणा

इनेप्लिज २०८१ जेठ ९ गते १०:५६ मा प्रकाशित

अमेरिकाको आयोवा राज्यमा आएको घुम्रपात (टोर्नाडो)को ठूलो जनधनको क्षति भएको राज्य प्रहरीले बताएको छ । त्यहाँका गर्भनरले १५ वटा काउन्टीमा आपतकालको घोषणा गरेका छन् ।

आयोवा राज्य प्रहरीले काउन्टीहरूमा घुम्रपात (टोर्नाडो )को कारण मृत्यु र घाइतेहरू भएको पुष्टि गरेको छ ।

बृहत तराई देखि मध्यपश्चिम (ग्रेट प्लेन्स देखि मिडवेस्ट )सम्मका राज्यहरूमा लाखौं मानिसहरू गत मंगलबार आयोवा सहित घुम्रपात (टोर्नाडो )को खतरामा रहेका थिए ।

डे मोइन शहर नजिकको क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ । डे मोइनेको दक्षिणपश्चिममा रहेको आयोवाको ग्रीनफिल्ड शहरमा एउटा “विनाशकारी” घुम्रपातले क्षति पुर्याएको आयोवा राज्य गस्तीका एलेक्स डिंकलाले मंगलबार राति एक पत्रकार सम्मेलनमा बताए ।

अडायर काउन्टी मेमोरियल अस्पताल टोलीले आएका बिरामीहरूको उपचार गर्न र केहीलाई थप हेरचाहको लागि नजिकैका अस्पतालहरूमा लैजान सफल भएको जनाईएको छ ।

राष्ट्रिय मौसम सेवाले नेब्रास्का, आयोवा, साउथ डकोटा, मिजौरी, अर्कान्सास, विस्कन्सिन, इलिनोइ, मिनेसोटा, क्यान्सस र ओक्लाहोमाका केही भागहरूमा मंगलबार रातिसम्म घुम्रपात( टोर्नाडो)को चेतावनी जारी गरेको थियो।

मङ्गलबार आयोवाका गभर्नर किम रेनोल्ड्सले राज्यभरका १५ काउन्टीहरूको लागि विपद् आपतकालको घोषणालाई अधिकार प्रदान गरेका छन् ।

काउन्टीहरूमा अडायर, एडम्स, क्यास, क्ले, हार्डिन, ह्यारिसन, ज्यास्पर, कोसुथ, मार्शल, मोन्टगोमेरी, पेज, पालो अल्टो, पोटवाट्टामी, तामा र वारेन समावेश रहेका छन्।

मंगलबार दिउँसो र साँझसम्म डे मोइन, शिकागो र मिलवाकीमा ७० देखि ९० माइल प्रतिघण्टाको हावाको पूर्वानुमान गरिएको थियो।

कोलोराडो देखि मिशिगनसम्म सोमबार १०० भन्दा बढी गम्भीर घुम्रपात (टोर्नाडो) आएको एबिसीन्यूजले जनाएको छ ।

मिनेसोटा, नेब्रास्का र कोलोराडोमा सोमबार कम्तिमा तीन घुम्रपात आएको तर कुनै ठूलो क्षति भएको छैन।

प्रतिक्रिया