नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैमाथि लागेका सबैखाले आरोप उपर निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ। शर्माले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यस्तो लेख्नुभएको हो।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयलाई जोडेर महामन्त्री शर्माको टिप्पणी आएको हो । ‘सिरोहियालाई कृपापूर्वक रिहा नगर । मज्जाले छानबिन गर,’ शर्माले भनेका छन्, ‘दोषी ठहरे जेल पठाउ । सबैमाथीको सबै आरोपउपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर !’
उहाँले सहकारीको रकम अपचलन प्रकरणका आरोपी गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन हुनुपर्ने माग गर्नुभएको छ। । ‘मुद्दा चलाउनु नपर्ने भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल खोल,’ महामन्त्री शर्माले अगाडि भन्नुभएको छ, ‘सहकारी ठगी समाचार शृङ्खला उपर पूर्वाग्रह होइन भन्ने पुष्टि गर !’
प्रतिक्रिया