लोकप्रिय हत्तेरिका टेलीशृंखलाका चर्चित निर्देशक लोचनमान श्रेष्ठको निर्देशनमा “प्रतीक्षाका घडी” नामक श्रब्यदृश्य(भिडियो) सार्वजनिक

इनेप्लिज २०८१ जेठ ६ गते १५:४५ मा प्रकाशित

नेपालमा मध्य ९० को दशकमा प्रसारण हुने लोकप्रिय हत्तेरिका टेलीशृंखलाका चर्चित निर्देशक लोचनमान श्रेष्ठको निर्देशनमा “प्रतीक्षाका घडी” नामक श्रब्यदृश्य(भिडियो) सार्वजनिक भएको छ ।

तत्कालिन समयमा अत्यन्तै लोकप्रिय धारावाहिक हत्तेरिका हरेक घरघरमा हेरिन्थ्यो र मन पराईन्थ्यो । यिनै ख्यातीप्राप्त धारावाहिक दूरदर्शन(टेलीभिजन)का निर्देशक श्रेष्ठले हालसालै :”प्रतीक्षाका घडी” नामक गीतको बोल भएको गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा जेम्स प्रधानको संगीत तथा स्वर रहेको छ। त्यस्तै शब्द,छायाँकन तथा निर्देशन लोचन मान श्रेष्ठको रहेको छ । गीतमा अभिनय गर्ने कलाकारहरुमा अनिल कटवाल तथा रानी संग्रौला रहेका छन् । सम्पादन पूर्णिमा थापाले गरेकी छिन ।

यो गीत हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया