अखिल नेपाल किसान महासंघले मुख्यमन्त्री सोडारीलाई बुझायो ४२ बुँदे ज्ञापन,,बजेट निर्माण गर्दा कृषि क्षेत्रका विज्ञको सहभागिता हुनु पर्ने समेत माग

वीरेन्द्र रावल २०८१ जेठ ६ गते १३:०६ मा प्रकाशित

धनगढी,जेठ ६ । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले आईतबार सुदुरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल कृषि प्रधान देश हुँदा हुँदै पनि यहाँको कृषि क्षेत्रमा राज्यको लगानी नहुँदा घट्दो कृषि उत्पादनलाई आत्म निर्भर बनाउन र किसानमुखी अर्थतन्त्रको विकास गर्ने मूल उद्देश्यका साथ ४२ शुत्रीय माग पत्र पेश गरिएको हो ।अखिल नेपाल किसान महासंघ सुदूरपीश्चम प्रदेश कमिटीका अध्यक्ष मदनराज रेग्मीले किसान महासंघले बुझाएको द्दापनका केहि बुदा पढेर समेत सुनाएका थिए ।

सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक बर्ष २०८१। ०८२ को नीतिमा कृषि नीत, कार्यक्रम तथा निर्माण र कार्यान्वयनमा सरोकारवाला निकाय किसान संगठनहरुको सहभागिता अनिवार्य हुनु पर्ने पहिलो बुदा जोडदार रुपले समावेश गरिनु पर्ने माग किसान महासंघको रहेको छ ।

बजेट बनाउँदा कृषि क्षेत्रका आयत समस्याहरु किसानलाई र सो षेत्रसंग सरोकार राख्ने निकायसंग मात्र हुने भएकाले सुदुरपश्चिम प्रदेश सरकारले किसान महासंघका जायज मागलाई सम्बोधन गरिनु पर्ने बताएका छन् ।

प्रेसित ज्ञापन पत्रमा यसका साथ साथै सुदुरपश्चिमको कुल बजेट मध्यबाट १५ प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजन गरिनु पर्ने माग समेत गरिएको छ ।
मुख्यमन्त्री दिर्घ बहादुर सोडारीलाई बुझाइएको ज्ञापन पत्रमा कृषि उपजको बजार व्यवस्थापन र मूल्य ग्यारेन्टी गरिनु पर्ने लगायतका किसानको हक,हित संरक्षण र प्रवद्धनका पक्षमा आगामी बजेट समावेश गरिनु पर्ने जोडदार माग समेत गरिएको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया