सामाजिक मन्त्रालयले ५० लाखको प्रस्तावमा माग गरेको रकम फ्रिज हुँदै ,संघसंस्थाहरु रुष्ट

वीरेन्द्र रावल २०८२ जेठ ३२ गते १५:३८ मा प्रकाशित

धनगढी, जेठ ३१ । स्थापनाकाल देखिनै सुदूरपश्चिमप्रदेश सरकारको सामाजिक विकास मन्त्रालय बेला बेलामा बिवादित बन्दै आईरहेको छ । कहिले एम्बुलेन्स खरिद प्रकरण त कहिले खेलकुद त कहिले औषधीखरिद प्रकरणनै किननहोस् सामाजिक विकास मन्त्रालयका काम कारवाही र गतिविधीबाट सेवाग्राहीले खासै लाभलिनभने नसकेका गुनासाहरु बाहिर आउन थालेका छन् ।

पछिल्लो घटनाक्रम अनुसार सुदूरपश्चिम प्रदेश सरकारको सामाजिकविकास मन्त्रालयले आर्थिक बर्ष २०८१।०८२ को स्वीकृत बार्षिक बजेट तथाकार्यक्रम अनुसार विभिन्न सामाजिक संघ,संस्थाहरुको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नका लागि ५० लाख विनियोजन गरेको रकम फ्रिजहुने निश्चित भएको छ ।

सो मन्त्रालयले २०८१।०९।१३ गतेका दिन विभिन्न संघ संस्थाहरुलाइ प्रस्ताव पेश गर्न समेत १५ दिने सूचना जारी गरेको थियो ।

सो सूचनाका आधारमा सुदूरपश्चिम भरीका १ सय ५० संघ,संस्थाहरुले प्रस्ताव पेश गरेका थिए ।

१५ दिने सूचनाजारी गरेको ६ सक्दापनि जेठ ३० गते सम्मप्रस्ताव नखोलिएपछि विनियोजन गरिएको ५० लाख रुपैया फ्रिजजाने भएको हो ।

१ सय ५० संघसंस्थाले प्रति संस्थाले प्रस्ताव पेश गर्न तयारी गर्दा ५हजारका दरले पनिजम्मा ७ लाख ५० हजार न्यूनतम खर्च लाग्ने गरेको कुरा एक संस्थाका प्रतिनिधीले आफ्नो नामउल्लेख नगरिदिने शर्तमा बताए ।

उनले भने , पहाडबाट तराई आउ नजान र होटलमा बस्नका लागि कम्तीमापनि १५ हजार खर्च हुने र प्रस्ताव लेखन ५ देखि ७ हजार सम्मतिर्नु परेको छ । प्रस्ताव पास होला र कार्यक्रम स्वीकृति होला भनेर बसेका हामी जस्ता संघ संस्थाहरु सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्तालयप्रति रुष्ट भएको पनि तीं प्रतिनिधीले बताएका छन् ।

तीं प्रतिनीधिले १५० संस्थाहरुले मिहेनत गरेर पेश गरेको प्रस्तावलाई विनाकारण गोप्यमै राख्ने कार्यमा संलग्न सरोकारवालामाथी छानविन गरिनु पर्न माग गरेका छन् ।
यस सम्बन्धमा सामाजिकविकास मन्त्रालय धनगढीका सामाजिकविकास अधिकृत जयन्तीगिरीसंग प्रस्तावखोल्न किन ढिलाई गरिएको होलाभन्ने जिज्ञासामा बजेट अभावमा प्रस्ताव रोक्नु परेको जवाफदिईन ।

उनले भनिन् १ सय ५० संस्थाले प्रस्ताव पेश गरेका थिए । छनौट गर्दा समेत बजेट अभाव देखिनगएकाले प्रस्तावको रिजल्ट ननकालिएको हो ।

५० लाख बजेट निश्चित संख्यालाई छनौट गर्नु पर्ने कार्यविधीहुँदाहुँदै कसरी बढी संख्याको कुरो आयो भन्ने बिषयमाभने गिरीको उत्तरनै थिएन । बिशेष सुत्रका अनुसार सामाजिक मन्त्रालयकामन्त्री,सचिव , माथिल्लो तहका कर्मचारी , सामाजिक विकास शाखाको आपसी खिचातानीका कारण र लेनदेन नमिलेका कारण पनि प्रस्तावको रिजल्ट बाहिर नल्याएको आरोप पनिकतिपय संस्थाका प्रतिनीधिले गरेका छन् ।

साथै सेवाग्राहीले रिन सापटी गरेर प्रस्तावना पेस गरेको प्रस्तावको रिजल्ट समेत बाहिर नल्याउने ,विनाकारण रकमखर्च गराएको र आआफ्ना आसेपासे व्यक्तिलाई कोटेशनमार्फत बजेट टुक्राएर रकमान्तर गरेर कार्यक्रम बाडिएको हुन सक्ने आरोप केहि संस्थाले गरेका छन् ।यस प्रकरणमा संलग्नमाथी छानविनगरि आवश्यक कारवाहीगरिनु पर्ने माग सरोकारवालाको रहेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया