धनगढी, जेठ ३ । नेकपा एमाले कैलालीले ३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टीमा योगदान दिएका पुराना नेता कार्यकर्ताहरुलाई सम्मानीत गरेको छ ।
नेकपा एमाले कैलालीले १३ वटै स्थानीय पालिकाका जेष्ठ कम्यूनिस्ट नेता कार्यकर्ताहरुलाई विहीबार एक भव्य समारोहका बिच सम्मानित गरेको हो ।
कार्यक्रमका प्रमूख अतिथी एवं नेकपा एमालेका केन्द्रिय सचिव एवं कर्णाली प्रदेशका ईन्चार्ज लेखराज भटट्ले कदर पत्र प्रदान गर्नुका साथ साथै पोलिटव्यूरो सदस्य एवं कैलालीका ईन्चार्ज गणेश ठकुल्लाले माला पहिराएर सम्मानित गरेका थिए ।
कार्यक्रममा महिला ,बृद्ध ,अपांग लगायत पार्टीमा योगदान दिएकाहरुलाई सम्मानित गरिएको थियो ।
नेकपा एमालेलाई आजको अवस्था सम्म ल्याई पुर्याउनेमा पुराना नेता कार्यकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै नेकपा एमालेले त्यहि आधारमा सम्मानित गरेको कुरा कार्यक्रमका प्रमूख अतिथी लेखराज भटट्ले बताएका छन् ।
नेकपा एमाले बहुदलीय जनवादमा आधारित पार्टी भएकाले बास्तवीक जनवाद तल्लो तह सम्म पुगाउन सक्नु पर्ने पार्टीलाई जननेता मदन भण्डारीले जसरी परिकल्पना गरेको बहुदलीय जनवाद छ त्यहि जनवादलाई व्यवहारमा उतार्नतर्फ सबै तह र तपकाका नेता कार्यकर्ताहरु लागि पर्नु पर्ने भटट्ले बताएका छन् ।
सो कार्यक्रमका विशिष्ठ अतिथी एवं नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा कैलाली ईन्चार्ज गणेश ठगुन्नाले नकेपा एमाले पार्टी आम सर्वहारा श्रमजीवि जनताको पार्टी भएकाले स्व. मदन र आश्रितले जसरी नेपाली कम्यूनिट आन्दोलनलाई शुत्रबद्ध गरेर लैजाने पर्ने हो त्या महान अविभारलाई पछिल्लो पिढीले कुशलताका साथ अनुशरण गर्न नसकेकाले आगामी दिनमा बहुदलीय जनवादीबाटोलाई थप शसक्त बनाएर लैजानु पर्ने जिम्मेवारी सबैका काँधमा आएको समेत बताएका छन् ।
सो अवसरमा नेकपा एमाले अनुशासन आयोगका केन्द्रिय सदस्य दिपक प्रसाद देवकोटा , केन्द्रिय सल्हाकार परिषदका सदस्य महेश्वर पाठक र हरिशंकर योगीले मन्तव्य व्यक्त गरेका थिए ।
एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटीका सचिव ममता प्रसाद चौधरीले गरेका थिए ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया