अनेकौ चुनौती र कठिनाइ पार गर्दै अमेरिका आएका नेपालीको न्यूयोर्कमा निधन ,गो फन्ड मी संचालनमा

इनेप्लिज २०८१ वैशाख २७ गते २३:४३ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,

इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

अवसर र सपनाको देश अमेरिका बल्ल आई पुगेका एक नेपालीको न्यूयोर्कको एक अस्पतालमा निधन भएको छ । यो समाचारले समुदायलाई ज्यादै मर्माहत र ज्यादै दुखित तुल्याएको छ ।

अनेकौ चुनौती र कठिनाइ पार गर्दै सपनाको देश अमेरिका आएका ४३ बर्षिय लक्ष्मण बहादुर मल्लको गत मे १ का दिन दुखद निधन भएको छ । आर्थिक कठिनाईबाट जुध्दै गरेका स्व मल्लले थुप्रै जिम्मेवार बोकेका थिए । उनको असामायिक निधनले नेपालमा रहेका श्रीमती सहित ४ को परिवारहरु विक्षिप्त अवस्थामा पुग्न गएका छन् । उनि पर्वत कुस्माको भएकोले पर्बत वेलफेयर सोसाइटी न्यूयोर्कका प्रकाश शर्माले गोफन्ड मी संचालनमा ल्याएका छन् ।

र सबैलाई सहयोगको लागि अप्रिल समेत गरेका छन् । गो फन्ड मीको लक्ष्य ३० हजार डलर राखिएको छ भने मे ९ ,२०२४ साँझ ७ बजे सम्म ६ हजार ५ सय डलर सङ्कलन भै सकेको छ ।

स्व मल्ल को हुन् ? कहाँ घर हो ? कसरी अमेरिका पुगे र नेपालमा को को छ ? यस बारेमा गो फन्ड मी मा यस्तो जानकारी दिइएको छ ।

स्व मल्ल पर्वत जिल्ला मोदी गाउँपालिका-६,गिजान घरभइ हाल अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्थे । ४३ बर्षिय लक्ष्मण बहादुर मल्ल गत अप्रिल २८ मा एक्कासी चक्कर लागेर भुइँमा ढलेपछि न्यूयोर्क राज्य स्थित साउथसाइड अस्पतालको आकस्मिक कक्षबाट भेन्टिलेटर(वायु- प्रवाहक)मा स्थानान्तरण भर्ना गरिएको थियो।

सन् २०२३ मा अनेकौं चुनौती र कठिनाइ पार गर्दै सपनाको देश अमेरिकाको सपनाको शहर न्युयोर्क राज्य आइ पुगेका मल्ल शरणार्थी (असाइलम)द्वारा अमेरिकाको बसोबासको प्रवन्ध मिलाउँदै थिए ।

लडे पछि ,गत मे १ २०२४ मा उपचारको सिलसिलामा अस्पतालले भौतिक र प्राविधिक रूपमा ब्रेन डेड ( मष्तिस्क मृत )भएको अस्पतालले जानकारी दिएको थियो ।

गो फन्ड मी मा जनाईएको अनुसार स्व मल्लको नेपालमा परिवारमा श्रीमती सजिता लामिछाने मल्ल वर्ष ३८, छोरी सभीयाता मल्ल वर्ष २०, छोरी दिव्यता मल्ल वर्ष १७ तथा छोरा दीप्सन मल्ल वर्ष १२ का रहेका छन् ।

स्व मल्ल परिवारको एकमात्र सहाराको रूपमा मल्लले भूमिका निर्वाह गर्दै आएका थिए ।

अस्पतालले पार्थिव शरीरलाई घोषणा (डिक्लेयर )गर्नको लागि परिवारको सदस्यको आह्वान गरेको हुँदा उहाँकी श्रीमती र जेठी छोरीलाई नेपालमा रहेको अमेरिकी राजदुतावासबाट अमेरिका झिकाउने काम अगाडि बढाएको समेत गो फन्ड मी मा उल्लेख गरिएको छ ।

साथै अन्तिम हरफमा यस्तो लेखिएको छ , यस्तो दुःखद घडीमा परिवारका सदस्य नेपालबाट आउने जाने खर्च लगायत यहाँ लाग्ने अन्तिम संस्कारको खर्च निज मल्ल लगायत परिवारका सदस्यहरूको नाजुक स्थितिका कारणले यहाँहरु माझ सहयोगको अपेक्षा गर्दै यो गोफण्ड मी अगाडि बढाइएको जनाईएको छ ।

सक्दो सहयोग गरी परिवार लगायत आफन्त जनहरूमा सान्त्वना व्यक्त गरिदिनको लागि समेत उक्त गो फन्ड मीमा अनुरोध गरिएको छ । अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्माले सबै नेपाली समुदायलाई सक्दो सहयोग गर्न आह्वान गरेका छन् ।

सहयोग गर्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/stand-with-laxmans-family-in-their-grief?utm

प्रतिक्रिया