प्रवासी नेपाली संघ भारतको संगठन बिस्तार

वीरेन्द्र रावल २०८१ वैशाख २७ गते २१:०४ मा प्रकाशित

धनगढी । प्रवासी नेपाली संघ भारत कर्नाटक –केरला संयुक्त राज्य समिती द्वारा संचालित पुर्वी नगर (ख) बैंगलोर अन्तर्गत गुन्जुर स्थिति भेला सम्पन्न भएको छ ।

कर्नाटक –केरला संयुक्त राज्य समिती सचिव राजेन्द्र प्रसाद खनाल ज्यु को बिशेष पहल र भिमा आचार्यको सक्रियतामा तथा प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य तथा कर्नाटक – केरला संयुक्त राज्य समिती इन्चार्ज
तिलकराज कडेल ज्यु को प्रमुख आतिथ्यतामा,र राज्य समिती सदस्य, तथा संगठन विभाग प्रमुख कृष्ण खडका,पुर्वी नगर (ख) का उपाध्यक्ष, अप्सरा खडकाको उपस्थितिमा भेला सम्पन्न भएको छ ,उक्त भेला बाट भिमा आचार्यको अध्यक्षतामा १७ जना सदस्य रहने गरी गुन्जुर प्रारम्भिक समिती गठन गरेको छ।

जस्मा:
अध्यक्ष – भिमा आचार्य, उपाध्यक्ष – सरस्वती परियार ,सचिव – कृष्णा रेग्मी (कंडेल),उप–सचिव – रेणु बिष्ट (बुढा), आर्थिक बिभाग प्रमुख– कलावती कडेल (तिमेल्शना), सदस्य – ऋतु पाण्डे

सदस्यहरुमा क्रमशः बसन्ती तिमेल्शना (चौलागाई) सदस्य – मिना परियार , पार्वती मिश्र , देबी डागी , पुजा लुहार ,दयाराम कडेल , हरिकला बस्नेत , हिरा आले मगर ,लक्ष्मी नेपाली र भिम शाह रहेका छन् ।

उक्त नब निर्वाचित समिती लाई संघका सचिवालय सदस्य तथा कर्नाटक –केरला संयुक्त राज्य समितीका इन्चार्ज तिलकराज कडेल ज्यु ले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो तथा नव निर्वाचित समिती लाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया