धनगढी, बैशाख २१। सुदूरपश्चिमको दुर्गम पहाडी डोटी जिल्लाको सुदूरवर्ति विकट गाउँपालिका अन्तरगत पर्ने सायल गाउँपालिका विस्तारै विकासको बाटोमा लम्कीदै जान थालेको छ ।
२०७३ सालमा स्थापित सायल गाउँपालिका साविक का छपाली, डौड,तोलेनी, र खातिवडा मिलेर सायल गाउँपालिका बनेको अहो ।
कुल क्षेत्रफल १२२.७२ वर्गकिलोमिटरमा फैलिएको यो गाउँपालिकाका ६ वडा वडाहरु रहेका छन् । २०६८ को जनगणना अनुसार सायल गाउँपािलकाको कुल जनसंख्या १९,५५१ रहेको बताइएको छ ।
पूर्वमा खप्तड राष्ट्रिय निकुन्ज, पश्चिममा आदर्श गाउँपाकिा, उत्तरमा बझाङ जिल्लाको तथा दक्षिणमा दिपायल सिलगडी नगरपालिका र पूर्वीचौकी गाउँपालिकासम्म यसको सायल गाउँपालिकामा २०७९ को स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात नेपाली काँग्रैसका तर्फबाट समाजसेवी,सहयोगी र विसुद्ध राजनीतिलाई समाजसेवाको रुपमा व्यवहारमा लागु गर्नका लागि जनताका माझ कसम खाएर पालिकाको अध्यक्षमा निर्वाचित धर्मराज जोशीको नेतृत्वमा सायल गाउँपालिकाको कार्यसम्पादन भैरहेको छ । विभिन्न सामाजिक संघ ÷संस्थामा लामो अनुभव बटुलिसकेका जोशीले सायल गाउँपालिकालाई भ्रष्टाचार रहित, सुशासन कायम भएको र एउटा नमूना गाउँपालिकाको रुपमा स्थापित गर्ने सोचका साथ विकास निर्माणका कार्यहरु भैरहेका पनि बताएका छन् ।
डोटी जिल्लाको पश्चिम उत्तरमा अवस्थित विकट भएपनि विकासका निकै प्रचुर सम्भावना बोकेको सायल गाउँपालिकाका जनताले प्रदान गरेको मतबाट आफु गाउँपालिकामा निर्वाचित भएकोले जनताको विश्वासलाई कदापी डग्न नदिने प्रण गरेर विकास निर्माणका कार्यहरुलाई तिब्रता दिदै आएको कुरा अध्यक्ष जोशीले बताएका छन् ।
आफु गाउँपालिकामा निर्वाचित भएर आईसकेपछि आफु आउनु भन्दा पहिलेका पदाधिकारीहरुले सञ्चालनमा ल्याएका तर अधुरा योजनालाई विना राजनीतिक पूर्वाग्रहका आधारमा निर्माण कार्यलाई निरन्तरता दिएको र कतिपय प्रभावकारी योजनाहरु आप्नो कार्यकालमा शुरुवात गर्दै खन्तिम चरणमा पुगाई सकेको पनि अध्यक्ष जोशीले बताएका छन् ।
जोशीको कार्यकालमा सायल गाउँपालिकामा भएका विकास निर्माणका गतिविधीहरु :
डोटी जिल्लाको सुदूरपश्चिममा अवस्थित सायल गाउँपालिकाको चार तले पक्की प्रशासनीक भवन निर्माण सम्पन्न भएर नयाँ भवनबाटै जनताका विकास निर्माणका कामहरुको सम्पादलन भैरहेका छन ।
सायल गाउँपालिकाका ६ वटै वडा कार्यालय भवनहरु निर्माण सम्पन्न भएपश्चात सबै वडा कार्यालयहरुमा ईन्टर सेवा जडान गरिएको छ । नेपाल टेलिकमको टावर विद्युतीयलाईन जडानका साथै फोरजी र टुजीमा व्यापक सुधार ल्याइएको छ ।
शिक्षाको गुणस्तरमा व्यापक सुधार ल्याउने मुख्य उद्देश्यका कारण विद्यालय समायोजन कार्य सम्मपन्न गरिएको छ । विगतका बर्षहरुमा एसई दिने बिद्यार्थीले गाउँबाट टाढा जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै एसई परीक्षा सायल गाउँपालिकामै सञ्चालनको व्यवस्था गरिएको छ ।
दुर्गम पहाडी गाउँपालिकाका बुढापाका महिला पुरुषहरु उपचार सेवाबाट बञ्चित हुन नपरोस् भन्नका लागि सायल गाउँपालिका स्तरीय दन्त शिविर सचालन गरिएको थियो ।
यसैगरी जनताको स्वास्थ्य सेवालाई प्राकृतिक उपचार पद्धतिबाट पनि स्वास्थ्य सेवा दिनका लागि आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरिएको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताएका छन् ।
महिला तथा बालबामलिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रजनन् स्वास्थ्य सम्बन्धी घुम्ती शिविर सम्पन्न ,शिक्ष्ााँमा सुधार ल्याउनका लागि पालिका स्तरीय कक्षा ८ को परीक्षा सञ्चालन वडा स्तरीय कक्षा ५ को परीक्षा सञ्चालन गरिएको , यस्तै शिक्षामा सुधार ल्याउनका लागि निः शुल्क भर्ना अभियान र निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गरिएको छ ।
जनतालाई यातायात पूर्वाधारको विकास र जनताको यातायात चढ्न पाउनु पर्ने अधिकारलाई सुनिश्चित गर्नका लागि कच्ची बाटोहरु ग्राभेलिमा परिणत गर्ने कार्यलाई तिब्रता दिइएको छ । कृषि क्षेत्रको सुधार गर्नका लागि किसान सुचिकरण कार्य अगाडी बढाइएको छ । पालिकामा रहेका योग्यता पुगेका बुढापाका महिला पुरुषहरुको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम बि.एल.वि. सेवा मार्फत सम्पन्न गर्ने कार्यहरु समेत तिब्ररुपमा अगाडी बढाइएको कुरा पालिकाका अध्यक्ष धर्मराज जोशीले बताएका छन् ।
कार्यालयको काम सम्पादनमा पारदर्शिताको आवश्यकतालाई मध्यनजर गदै कार्यालय हाता भित्र बाहिर सि.सि.टिभि क्यामरा जठान सम्पन्न गरिएको समेत अध्यक्ष जोशीले बताएका छन् ।
ग्रामिण बस्तीका महिलाहरुको आर्थिक विकास र जीविकोपार्जनका लागि सहयोगी बन्न सकोस् भन्नका लागि सुनौलो हजार दिनको आमाहरुलाई आय आर्जन सम्बन्धी अनुदान कार्यक्रम लागु गरिएको समेत सो पालिकाले जनाएको छ ।
यसका साथ साथै सायल गाउँपालिकामा रहेको अल्लो लाई प्रसोधन गर्दै परम्परागत सीप कला र परम्परालाई जोगाउनका लागि स्थानिय अल्लोबाट लत्ता कपडा उत्पादनमा जोडका साथै कच्चापदार्थहरुबाट चप्पल उत्पादन गर्ने कार्यलाई पालिकाले योजनाको रुपमा अगाडी सारेको समेत अध्यक्ष जोशीले बताएका छन् ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया