नेपालकै पहिलो पारदर्शी सहकारी हो नवजीवन : डम्बरसिंह गुरु

वीरेन्द्र रावल २०८१ वैशाख १८ गते २०:५९ मा प्रकाशित
Screenshot

धनगढी , बैशाख १८÷धनगढीस्थित प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेड निम्न आय बर्गको बैंको रुपमा स्थाीपत बन्न सफल भएको कुरा नवजीवन सहकारी संस्था लिमिटेड सञ्चालन समितिका अध्यक्ष देव बहादुर बमले बताएका छन ।


२०५० साल मंसिर ३० गते विधिवत रुपमा स्थापना भएको नवजीवन सहकारी संस्थाका हालसम्म देशभरी (सुदूरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश) १० वटा शाखा कार्यालयहरु रहेका छन् ।

धनगढी प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था लिमिटेडको स्थापनाको आफ्नै ईतिहास छ ।

यो सहकारी संस्थामा हाल ३३ हजार ८ सय ६५ सेयर सदस्य रहेका छन् । स्थापनामा १७ जना अग्रजहरुको महत्वपूर्ण भूमिका रहेको छ । १७ जना संस्थापकहरु आज यो धर्तिमा नहुन सक्दछन् । सबै जना जिवित नरहेपनि केहि संस्थापकहरु भने अहिले पनि जिवितै छ । उनिहरु अहिले पनि सहकारी संस्थाको हितका लागि लागि परेको देख्न सकिन्छ ।

नवजीवन सहकारी संस्थाले आफनो स्थापना कालदेखिनै जनताको रकम निक्षेव मात्र नभएर त्यसको कर्जा परिचालन, पारदर्शि आय व्यय जनमूखि सेवाका कार्यहरुका साथ साथै सहकारीहरुको बिचमा पनि अब्बल सहकारीको रुपमा स्थापित बन्न पुगेको पनि अध्यक्ष बमले बताएका छन् ।

देश चरम आर्थिक संकटमा गैरहेका बेलामा नवजीवन सहकारी यस्तो संस्था हो जस्ले आफ्ना आर्थिक कारोवारलाई कदापी डगमग हुन दिएन ।

कोरोनाको महाप्रकोपका बेलामा प्राईभेट बैंक तथा बित्तिय संस्थामा आर्थिक संकट आउँदा समेत नवजीवन सहकारीले संस्थालाई एकरत्तिपनि डगमगाउन नदिएर बैंकिङ सेवालाई सहजताका साथ सञ्चालन गरिरहेको ईतिहासलाई आम सेयर सदस्यहरु र बैंकका सेवाग्राहीहरु जानकार रहेकोले पनि नवजीवनको गौरवगाथा झनै बलियो र भरपर्दो हुँदै गएको कुरा सहकारीका अध्यक्ष देव बहादुर बमले बताए ।

सहकारीको मूल्य मान्यतालाई शिरोधार्य गर्दै आम सेयर सदस्य अनि निक्षेप कर्ताको हित भन्दा एक रत्तिपनि बाहिर नजाने शर्तमा सबै शाखा र युनिटका कर्मचारीहरु लागि परेका र जनमूखि सेवा र भावनाका साथ सहकारीलाई अगाडी बढाईदै आइएको पनि अध्यक्ष बमको भनाई छ ।

नवजीवन सहकारी संस्थाका उपाध्यक्ष चेतराज ओझाले नेपालका कतिपय सहकारीहरु ओरालो लाग्दै गरेको अवस्थामा नवजीवन सहकारीले भने आफ्नो आर्थिक ग्राफ र सामाजिक सेवालाई देशकै उत्तम सहकारीको दर्जा हासिल गर्न सफल रहेको बताएका छन् । नवजीवन सहकारी संस्थाले आफ्ना सेयर सदस्यको मृत्यु हुँदा महिला सुत्केरी हुँदा वा जटिल खालका रोग लागेको खण्डमा उपचार जस्ता मानव कल्याणकारी योजना र कार्यक्रमलाई समेत लागु गरिसकेको कुरा संथाका अध्यक्ष देव बहादुर बमले बताएका छन् ।

सहकारीले जनताको निक्षेप मात्र होईन समाज कल्याणको विधिबाट समेत अगाडी बढाउनु पर्दछ ,सेयर सदस्यको निक्षेपको उचित कदर गर्नु पर्दछ अनि उनिहरुको बचतको सुरक्षा गर्नु पर्दछ भन्ने मूल्य र मान्यतालाई पहिलो आधार बनाएर नवजीवनले आफ्ना कार्यहरुलाई पारदर्शि रुपले सञ्चालनमा ल्याएको पनि अध्यक्ष बमको भनाई छ ।

देशका अन्य केहि सहकारी संथाहरु बदनाम भैरहेका बेलामा केहि सञ्चार माध्यमले नवजीवनलाई बदनाम गराउने योजनाका साथ कुप्रचारहरु गर्ने कार्य भैरहेको प्रति सहकारीका महाप्रबन्धक डम्बरसि.ह गुरुले आश्चर्य व्यक्त गरेका छन् ।

महाप्रबन्धक डम्बरसिंह गुरुले भने— म सहकारीको महाप्रबन्धक हो । सहकारी कस्तो अवस्थामा चलेको छ भन्ने कुरा हाम्रो व्यवस्थापनलाई थाहा छ । जनताको एक रत्ति रकम पनि हामीबाट अपचलन भएको छैन । नवजीवनका हरेक आर्थिक पक्षलाई हेर्ने निकाय नेपाल राष्ट्र बै.क छ उसले हेरेको हुनुपर्दछ तर बिषय एकातीर समाचार अर्को बनाएर केहि सञ्चारमाध्यमले संस्थाको हित प्रतिकूल कुप्रचार गरेको प्रति महाप्रबन्धक डम्बरसिंह गुरुले खेद प्रकट गरेका छन् ।

सहकारी संस्था रहे पो हामी छौं । सहकारीलाई कुनैपनि हालतमा खराब कर्जामा नजाओस् भनेर सबै दत्तचित्त भएर लागि परेको अवस्थामा संस्थालाईनै बदनाम गराउने तत्वलाई एउटा कुनै प्रमाण ल्याएर देखाउन समेत चुनौति दिन्छौं— महाप्रबन्धक डम्बरसिंह गुरुले दावा गरे ।

संस्थाका महाप्रबन्धकका अनुसार सहकारी संस्था हरेक चुनौतिको सामना गर्न सर्तक मात्र होईन सेयर सदस्य र निक्षेपकर्ताको हितपर्वद्धनका लागि सजग र कटिबद्ध छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया