अमेरिकाको ५ वटा राज्यमा ८३ वटा घुम्रपात(टोर्नाड़ो) ,सयौ घर नष्ट तथा कम्तिमा ४ जना घाइते

इनेप्लिज २०८१ वैशाख १६ गते ०:०० मा प्रकाशित

अमेरिकाको ५ वटा राज्यमा गत शुक्रबार कम्तिमा ८३ वटा घुम्रपात(टोर्नाड़ो) गएका छन् । यसै गरि यसको प्रभावको कारण सयौ घरहरु नष्ट भएका छन् भने कम्तिमा ४ जना घाइते भएका छन् । घुम्रपात(टोर्नाड़ो)को खतरा अझै जारी रहेको छ ।

टेक्ससदेखि ग्रेट लेक क्षेत्रसम्म शक्तिशाली घुम्रपात(टोर्नाड़ो) आएको र शनिबार पनि आउने क्रम जारी रहेको एबिसीन्यूजले जनाएको छ ।

टेक्ससदेखि आयोवासम्म बेलुका साँझसम्म छ वटा राज्यका भागहरूमा घुम्रपात(टोर्नाड़ो) को चेतावनी जारी गरिएको छ । घुम्रपात(टोर्नाड़ो) साथै ३ इन्च सम्मका धेरै ठूला असिना सहित ८० माइल प्रति घण्टा सम्मको आँधीबेहरीको सम्भावना रहेको समाचारमा उल्लेख छ ।

दर्जनौं घुम्रपातहरू बाहेक शुक्रबार ३३ वटा हानिकारक हुण्डरीको साथै ६० वटा ठूला असिना आएको विवरण प्राप्त भएको छ ।

आयोवामा गत शुक्रबार चार जना घाइते भएका छन् । पोट्टावाट्टामी काउन्टीमा खतरा मौसमका कारण करिब १२० संरचनामा क्षति पुगेको त्यस काउन्टीका अधिकारीहरूले बताए ।

काउन्टीका अनुसार शुक्रबारको घुम्रपात मिन्डन शहरमा सबैभन्दा बढी प्रभावित क्षेत्र भएको थियो। ग्यास र बिजुली अवरुद्ध भएको छ । अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा (कर्फ्यू )जारी गरिएको छ ।

गभर्नर किम रेनोल्ड्सले पोटावाट्टामी काउन्टी र मिन्डन शहरका लागि आपतकालिन अवस्था घोषणा गरेका छन्। डगलस काउन्टी लगायत पूर्वी नेब्रास्कामा पनि गम्भीर क्षति भएको छ । त्यस्तै शुक्रबार ओमाहा क्षेत्रमा सयौं घरहरू क्षतिग्रस्त भएका छन्।

घुम्रपातका कारण अहिलेसम्म कसैको मृत्यु नभएको अधिकारीहरूले बताएका छन्। नेब्रास्काका गभर्नर जिम पिलेनले शनिबार साँझसम्म घुम्रपातको खतरा जारी रहेकाले मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

टेक्ससमा शनिबारसम्म सात वटा घुम्रपात आएको छ । टेक्ससको नक्स सिटी(शहर)मा लागि एउटा घुम्रपात आपतकालिन जारी गरिएको थियो।

सोमबार दिउँसोसम्म टेक्ससदेखि आयोवासम्मका ८ वटा राज्यहरूमा बाढीको निगरानी प्रभावकारी रहेको एबिसीन्यूजले जनाएको छ ।

छोटो अवधिमा २ देखि ५ इन्च भन्दा बढी वर्षा हुन सक्ने मौसम पूर्वानुमान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया