अमेरिकाको मनाससमा फेसन परेड २०२४ हुने

इनेप्लिज २०८१ वैशाख १५ गते २१:२१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनाससमा फेसन परेड २०२४ हुने भएको छ । यो भेषभूषा समारोहको आयोजना सयुक्त रुपमा लिजा ब्युटी एण्ड फेशन हब तथा आरएनआर समूहले गर्न लागेका हुन् ।

आयोजकका तर्फबाट लिजा ब्युटी एण्ड फेशन हबका गोपाल चौधरीले उक्त कार्यक्रम मे २४ ,२०२४ का दिन शुक्रबार हुने बताए । चौधरीले यस क्षेत्रमा बसोबास गर्ने सबैलाई सहभागिताको लागि आह्वान गरेका छन् ।

बिगत बर्षहरुमा पनि आयोजकको रुपमा यस्ता फेशन कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरि सकेको व्यवसायी चौधरीले बताउदै सबैलाई कार्यक्रममा आमन्त्रण गरेका छन् ।

कम्तिमा पनि दुई दर्जन मोडल (नमुना)तथा कलाकारहरुले कार्यक्रममा भाग लिनेछन । साथै कार्यक्रमलाई अझ मनोरंजन बनाउन प्रतिभाशाली कलाकारहरुको प्रस्तुत समेत हुनेछ ।

बिस्तृत जानकारी लिन 703 625 7329 या 571 241 7551 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया