डिसीको एक रात्रीक्लबमा ५ जनालाई गोली हान्ने एक संदिग्ध प्रकाउ

इनेप्लिज २०८१ वैशाख १५ गते १२:०१ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा ५ जनालाई गोली हान्ने एक संदिग्धलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

राजधानीको एक रात्रिकल्ब बाहिर पाँच जनालाई गोली प्रहार गरिएको हो । गत शुक्रबार अप्रील २६ का दिन अबेर राति पाँच जनालाई गोली हानेकोमा उनलाई हिरासतमा लिई अभियोग लगाईएको प्रहरीले बताए ।

वाशिंगटन डिसीको चर्चित डुपोन्ट सर्कल छिमेकमा औक्त घटना राति ११:३० बजे भएको थियो।

महानगरीय प्रहरी विभागका सहायक प्रमुख रामे काइलले रात्रिक्लब भित्र विवाद सुरु भएपछि प्रहरी अधिकारीहरूलाई बोलाइएको बताए।

गोली लागेका पाँच जनाको ज्यान जाने खतरा नभएको उनले बताए ।

प्रहरीले नजिकैबाट एक जना संदिग्धलाई पक्राउ गरी एउटा बन्दुक बरामद गरेको काइलले बताए । प्रहरीले शंकास्पद व्यक्ति वा विवाद के कारणले भयो भन्ने बारे थप विवरण उपलब्ध नगराईएको एबिसीन्यूजले जनाएको छ ।

डिस्ट्रिक्ट अफ कोलम्बिया अर्थात् डिसीमा हिंसात्मक अपराधमा तीव्र रुपमा वृद्धि भएको छ । अपराध २०२३ मा भन्दा ३९% बढेको थियो । एबिसीन्यूजले जनाए अनुसार डिसीमा जबर्जस्ति गाडी लुट्नेको संख्या दोब्बर भएको र हत्या संख्या ३५ % बढेको छ ।

प्रतिक्रिया