इजरायली सेनाद्वारा गाजामा २५ वटा लक्ष्यमा आक्रमण गरेको दाबी

इनेप्लिज २०८१ वैशाख ११ गते ११:०६ मा प्रकाशित

इजरायली सेनाले गाजामा २५ वटा लक्ष्यमा आक्रमण गरेको दावी गरेको छ ।

गाजा इलाकाका धेरै भागहरूमा रातभरि व्यापक हमलाहरू भएको सिएनएनले जनाएको छ ।

इजरायल रक्षा बलका अनुसार गाजा भूभागका सैन्य पूर्वाधार, अवलोकन चौकी , आतंककारी प्रक्षेपण चौकिहरु सहित आतंककारी लक्ष्यहरूमा आक्रमण गरिएको छ ।

लडाकु विमानहरूले दक्षिणी गाजामा अवस्थित हमासको मार हान्ने चौकीहरूमा रातभरि धेरै हवाई आक्रमणहरू पूरा गरेको जनाएको छ । प्रक्षेपण चौकीहरू पूर्ण तयारी अवस्थामा भएको (लोड )तर इजरायली क्षेत्रतर्फ कुनै पनि प्रक्षेपण गर्नु अघि नै प्रहार गरिएको आइडिएफले जनाएको छ ।

एउटा विमानले मध्य गाजाको “बुरेइज क्षेत्रमा नागरिक आश्रयको छेउमा लुकेका धेरै आतंककारीहरूलाई समेत आक्रमण गरेको बताएको छ ।

पत्रकारहरुका अनुसार इजरायली तोपखानाले दक्षिणी गाजाको खान युनिस शहरलाई समेत निशाना बनाएको थियो।

प्रतिक्रिया