मलेसियाली नौसेनाका २ उदग्रबिमान(हेलिकप्टर) आकाशमा ठोक्किदा विमानमा सवार सबै १० जनाको मृत्यु

इनेप्लिज २०८१ वैशाख ११ गते १०:२७ मा प्रकाशित

मलेसियाली नौसेनाका २ उदग्रबिमान (हेलिकप्टर )आकाशमा ठोक्किदा विमानमा सवार सबै १० जनाको मृत्यु एबिसीन्यूजले जनाएको छ ।

मलेसियाली नौसेनाका दुई उदग्रबिमान (हेलिकप्टर) बीच हावामा ठोक्किएर दुई विमानमा सवार सबै १० चालक दलका सदस्यको मृत्यु भएको शाही मलेशियन नौसेनाले मंगलबार एक विज्ञप्तिमा जनाएको छ।

सामाजिक सञ्जालमा रहेको श्रब्यदृश्य ( भिडियो) अवलोकन गर्दा दुवै उदग्रबिमानका पार्टपुर्जाहरू उडिरहेको देखाइएको छ। दुर्घटना के कारणले भयो भन्ने हालसम्म स्पष्ट हुन नसकेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

दुर्घटनाबाट कोही पनि बाँचेका छैनन् ,समाचार बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया