सान फ्रान्सिस्कोमा हुने एएनए -नेपाली राष्ट्रिय सम्मेलनको लागि बसोबास गर्ने अतिथि गृह (होटल)छनौट ,धमाधम कोठाहरु आरक्षण सुरु

इनेप्लिज २०८१ वैशाख ११ गते ०:०३ मा प्रकाशित

आगामी जुलाई १९-२१ सम्म अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा हुने एएनए -नेपाली राष्ट्रिय सम्मेलनको लागि बसोबास गर्ने अतिथि गृह अर्थात् होटलको छनौट भएको छ । त्यस्तै धमाधम कोठाहरु आरक्षण सुरु हुन थालेको एएनए अध्यक्ष खगेन्द्र अधिकारीले ईनेप्लिजलाई बताए ।

राम्रो बसोबासको लागि हरेक दृष्टिले सुबिधा पर्ने स्थल होटल (अतिथि गृह)को प्रवन्ध मिलाईएको छ । जुलाई १९-२१ सम्म चल्ने सम्मेलन सोनेस्टा एमरिभिल सान फ्रान्सिस्को बे ब्रिज नामक अतिथि गृह (होटल) मा हुनेछ । अतिथि,आयोजक ,पदाधिकारी ,आगन्तुकहरुले समय अझै रहेता पनि अग्रिम रुपमा कोठाहरु आरक्षित गर्ने सक्नेछन ।

आयोजक तथा अध्यक्ष अधिकारीले जति सक्दो शीघ्र कोठाहरु आरक्षण /बुक गर्न सबैलाई अनुरोध गरेका छन् । यस क्षेत्रको निकै प्रख्यात उक्त पाहुना घरलाई अतिथि /ग्राहकहरुले निकै मन पराएको देखिएको छ ।

सन् १९८३ मा अमेरिका र क्यानडा समेतका नेपाली समुदायलाई समेट्दै अमेरिकाको राष्ट्रिय स्तरीयरुपमा स्थापित द एसोसिएसन् अफ नेपलिज इन द अमेरिकाज (एएनए)को नेपाली राष्ट्रिय सम्मेलन यस बर्ष सान फ्रान्सिस्कोमा हुन लागेको हो ।

सँस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले नयाँ वर्ष २०८१ को शुभकामाना दिदै सहभागिता हुन् सबैलाई आह्वान गरेका छन् ।

स्मरण रहोस ,सन् १९८३ देखि जुलाई ४ अर्थात् अमेरिकी स्वतन्त्र दिवसको सप्ताहन्तमा हुदै आएको एएनए सम्मेलन जुलाई ४ को सप्ताहन्तमा नभई यस बर्ष जुलाई १९-२१ सम्म हुनेछ ।

आयोजक समितिका स्वयम् सेवकहरु सम्मेलनको लागि अहोरात्र काम गरि रहेका छन् भने उनीहरुले अन्य थप जानकारी छिट्टै लिएर आउने ईनेप्लिजलाई बताए ।

आरक्षण गर्न यहाँ थिच्नु होला :

https://www.sonesta.com/sonesta-hotels-resorts/ca/emeryville/sonesta-emeryville-san-francisco-bay-bridge?&c3api=

प्रतिक्रिया