जेरुसेलममा आक्रमण गर्ने दुई जना पक्राउ

इनेप्लिज २०८१ वैशाख १० गते ११:३० मा प्रकाशित

जेरुसेलममा आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । जेरुसेलममा सोमबार बिहान भएको सानो सवारी साधन (कार)को आक्रमणमा परि तीन जना सामान्य घाइते भएपछि इजरायली प्रहरीले दुई संदिग्धलाई पक्राउ गरेको छ ।

प्रहरीले स्थानीय समय अनुसार बिहान ८ बजे (१ बजे पूर्वीय समय ) मोर्देचाई टेखेलेट स्ट्रिट(गल्ली)मा भएको आक्रमणलाई “आतंकवादी हमला” संज्ञा दिदै आक्रमणकारीहरूको सेनाले उक्त क्षेत्रमा खोजी गरेको बताए।

घटना पछि दुई व्यक्तिहरु हतियार लिएर गाडीबाट निस्के र त्यसपछि पैदलै घटनास्थलबाट भागे । उनीहरु भाग्नुअघि गोली चलाउन असफल भएको प्रहरीले जनाएको छ ।

“उनीहरूको गिरफ्तारी पछि दुई जनालाई जेरुसेलम जिल्ला सेनापतिले जिल्लाको केन्द्रीय एकाइलाई निर्देशन दिएपछि सोधपुछको लागि लगिएको थियो।

इजरायल सुरक्षा सँस्था (आईएसए) को सहयोगमा सोधपुछ भइरहेको छ,” प्रहरी विज्ञप्तिमा भनिएको छ।

शायर जेडेक मेडिकल सेन्टर(चिकित्सा केन्द्र) ले यसअघि आक्रमणपछि हल्का चोटपटक लागेका २१ वर्षीय पुरुष र १५ वर्षीय किशोरलाई भर्ना गरेको बताएको थियो।

प्रतिक्रिया