उत्तर कोरियाद्वारा समुद्रमा क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०८१ वैशाख १० गते १०:५३ मा प्रकाशित

उत्तर कोरियाले आफ्नो पछिल्लो हतियार प्रक्षेपण गर्ने क्रमणमा समुद्रमा क्षेप्यास्त्र (मिसाइल )प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

उत्तर कोरियाले सोमबार समुद्रमा संदिग्ध छोटो दूरीको ब्यालेस्टिक मिसाइल(प्राक्षेपिक क्षेप्यास्त्र) परीक्षण गरेको छ ।

दक्षिण कोरियाका लागि सयुक्त सैनिक प्रमुखका अनुसार उत्तरको राजधानी क्षेत्रबाट प्रक्षेपण गरिएको हतियार कोरियाली प्रायद्वीप र जापानको बीचको पानीमा खस्नु अघि करिब ३०० किलोमिटर (१८५ माइल) उडेको बताए। हतियारहरूले दक्षिण कोरियाका स्थलहरूलाई लक्षित गर्न सक्ने दक्षिण कोरियाले बताएको छ ।

सयुक्त सैनिक प्रमुखले प्रक्षेपणको कडा निन्दा गरेका छन् । उनले तिनीहरु कोरियाली प्रायद्वीपको शान्तिलाई खतरामा पार्ने “स्पष्ट उत्तेजना” थिए भनि चिन्ता व्यक्त गरे । उनले संयुक्त राज्य अमेरिकासँगको सैन्य गठबन्धनको साथमा उत्तर कोरियाको उत्तेजनालाई “अत्यधिक” जवाफ दिन तयार रहने बताएको छ।

जापानका मुख्य मन्त्रीमंडल सचिव योशिमासा हयाशीले पत्रकारहरूलाई उत्तर कोरियाले कम्तिमा एउटा प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )प्रक्षेपण गरेको बताए । जसले अधिकतम ५० किलोमिटर (३० माइल) उचाइमा २५० किलोमिटर (१५५ माइल) उडेको जनाए । उनले उत्तर कोरियाको बारम्बार क्षेप्यास्त्र परीक्षण र अन्य उत्तेजक कार्यले जापान र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्ने बताए।

जापानको तट रक्षक (कोस्ट गार्ड)ले जहाजहरूलाई खसेको वस्तुहरू विरुद्ध सावधानी अपनाउन आग्रह गरेको छ, तर क्षतिको तत्काल कुनै विवरण प्राप्त नभएको बताएको छ ।

प्रतिक्रिया