नयांबर्ष २०८१ को उपलक्ष्यमा कोलोराडोमा नेपाल डे परेड सम्पन्न

नातिबाबु भट्ट कोलोराडो, अमेरीका २०८१ वैशाख १० गते १:३४ मा प्रकाशित

अप्रिल २१, २०२३
कोलोराडो, अमेरीका

नेपाली नयांबर्ष २०८१ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन् ।

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजना, हेल्पिङह्याण्डको सहयोग तथा स्थानीय सबै संघ संस्थाको सहभागीतामा बोल्डर नगरमा “नेपाल डे परेड” सम्पन्न भएको हो ।

कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्डर नगरका मेयर आरोन ब्रकेटको उपस्थिती रहेको थियो । त्यस्तैगरी स्थानीय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, बुद्धीजिवी, कलाकार, पत्रकार, व्यवसाही तथा नेपालीभाषी आमा बुबा, दाजुभाई दिदीबहिनीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

भौगोलीक हिसावले नेपाल संग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा सहभागीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमे बाजाको तालमा नेपाली गीत गाउंदै हर्सोउल्लास र मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, साडी चोलो लगाएर आएका थिए भने, केही आफ्नो जातीय भेष भूषा संस्कृती झल्कने पहिरहन लगाएर आएका थिए । अमेरीकी भुमीमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो ।

बालक बृद्ध सबै उमेर समुहका नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति माया र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागीता रहेको थियो । बाटाका छेउछाउका स्थानीय दर्शकहरुले हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आफ्नो दौतरी संग आफ्नो रिती र परंपरा अनुसार शुभकामना साटासाट गरिरहेका थिए ।

कार्यक्रमका बिशेष अतिथी स्थानीय बोल्डर शहरका मेयर आरोन ब्रकेटले सबैलाई ह्याप्पी न्यूयर भन्दै, बोल्डर शहरमा सबैलाई स्वागत गरे । उनले यती धेरै नेपालीहरु जम्मा भएर मातृ भुमीको पहिचाहनको लगी जुटेको देख्दा ज्यादै खुशी लागेको भन्दै यो कार्यक्रम हरेक बर्ष निरन्तर रहिरहने बताए । त्यस्तैगरी उनले गत फेब्रुवरीमा नेपाल भ्रमणगरी काठमाण्डौका मेयर बालेन साहसंग भेटी बोल्डर सीटी र काठमाण्डौ एक आपसमा सिस्टर सिटीमा आबद्धताको हस्ताक्षर गरेको भन्दै खुसी ब्यक्त गरे । यसबाट एक आपसमा भाषा संस्कृती आदान प्रदानमा टेवा पु¥याउने धारणा राखे । । यसैगरी आयोजक संस्थाका अध्यक्ष अर्जन बगालेले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । त्यस्तै उनले यस कार्यक्रम आयोजना गर्न पहलगर्ने हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठलाई बिशेष धन्यवाद दिए ।

कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रो आईतबार नेपालीहरुको नयांबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो सुचीकृत कार्यक्रम हो ।

प्रतिक्रिया