एएनए -नेपाली राष्ट्रिय सम्मेलन सान फ्रान्सिस्कोमा हुने

इनेप्लिज २०८१ वैशाख ९ गते १९:१६ मा प्रकाशित

सन् १९८३ मा अमेरिका र क्यानडा समेतका नेपाली समुदायलाई समेट्दै अमेरिकाको राष्ट्रिय स्तरीयरुपमा स्थापित द एसोसिएसन् अफ नेपलिज इन द अमेरिकाज (एएनए)को नेपाली राष्ट्रिय सम्मेलन क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा हुने भएको छ ।

यस बर्ष नेपाली राष्ट्रिय सम्मेलन जुलाई महिनाको १९, २० र २१ मा सान फ्रान्सिस्कोमा हुनेछ ।

यस सँस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले नेपाली नयाँ वर्ष २०८१ को शुभ अवसरमा सम्पूर्ण नेपाली समुदायलाई सामाजिक संजाल मार्फत शुभकामना दिदै उक्त जानकारी आफ्नै स्वयम् सार्वजनिक गराएका छन् ।

उनले शुभकामना सहित सहभागिताको लागि अतिथिका रुपमा सबैलाई शुभकामना/निमन्त्रणा दिएका छन् । तर अध्यक्ष अधिकारीले सान फ्रान्सिस्कोको कुन स्थल अर्थात् पाहुना घर(होटल)आदी इत्यादीको कुनै जानकारी दिएका छैन । उनले नेपाली अमेरिकीहरुलाई अग्रिम रुपमा क्यालिफोर्नियामा हुने अवगत गराएका हुन् ।

स्मरण रहोस ,सन् १९८३ देखि जुलाई ४ अर्थात् अमेरिकी स्वतन्त्र दिवसको सप्ताहन्तमा हुदै आएको एएनए सम्मेलन जुलाई ४ को सप्ताहन्तमा नभई जुलाई १९-२१ सम्म हुनेछ । जुलाई ४ को सेरोफेरोमा बिश्वभरिका अत्यधिक पर्यटकहरु साथै आन्तरिक बिदेशी पर्यटकहरु यसै मितीमा यात्रालाई प्राथमिकता दिने गर्छन ।

बिदेशीहरुको यात्राको ठूलो चापको साथै नेपाली समुदाय सदस्यहरु अधिकांश यसै समयमा पारिवारिक यात्रा र हिडडुल गर्नेको कारण त्यस समयमा हवाई यात्रामा टिकट खरिद सम्म गर्न निकै कठिन र नपाउने जस्ता आम समस्या हुने गर्छन ।

कार्यक्रम स्थल तथा गन्तब्यमा पुग्न नसकिने जस्ता थुप्रै तीता अनुभव र बिशेष व्यक्तित्वहरु समेत छुट्न सक्ने हुनाले जुलाई ४ सप्ताह पछि खुकुलो र कसैलाई पनि चाप नपर्ने हुनाले आयोजक र सहभागीहरुलाई समेत जुलाई ४ पछि एएनएन सम्मेलनमा उपस्थित हुन् सरल ,उचित हुन् सक्ने उनले निर्णय कार्यकारी समितिबाटै गराए पछि जुलाई १९-२१ मा एएनए सम्मेलन सम्भव भएको हो ।

समितिका स्वयम् सेवकहरु सम्मेलनको लागि अहोरात्र काम गरि रहेकाले कार्यक्रम स्थल तथा अन्य थप जानकारी क्रमस सार्वजनिक गरिने अध्यक्ष खगेन्द्र अधिकारीले ईनेप्लिजलाई बताए ।

प्रतिक्रिया