५० वटा युक्रेनी मानवरहित यान (ड्रोन)हरू खसालियो तर आक्रमणबाट आगो लागे पछि रुसी उर्जा केन्द्रहरु बन्द

इनेप्लिज २०८१ वैशाख ९ गते ११:१५ मा प्रकाशित

५० वटा युक्रेनी मानवरहित यान (ड्रोन)हरु खसालिएको तर आक्रमणबाट आगो लागे पछि रुसी बिद्युत केन्द्रहरु बन्द गरिएको मस्कोले जनाएको छ । युक्रेनले रातभरि देशको उर्जा पूर्वाधारलाई लक्षित गरेको मस्कोको रक्षा मन्त्रालयले शनिबार बताएको छ ।युक्रेनी सिमाना नजिक रहेको रुसको पश्चिमी बेल्गोरोड क्षेत्रमा २६ वटा सहित ८ रुसी क्षेत्रहरूमा हवाई प्रतिरक्षाद्वारा ५० वटा मानव रहित यान (ड्रोन)हरू खसालेका थिए। एक जना खुट्टा भाँचिएकी महिलालाई उनको हेरचाह गर्ने पुरुष सहित रातभरीको आक्रमणमा पनि मृत्यु भएको रुसी अधिकारीले बताए ।

एबिसीन्यूजका अनुसार शनिबार पछि गोलाबारीमा एक गर्भवती महिला र उनको गर्भमा रहेको बच्चाको पनि मृत्यु भएको थियो । रुसको पश्चिम र दक्षिण र मस्को क्षेत्रमा ब्रायनस्क, कुर्स्क, तुला, स्मोलेन्स्क, रियाजान र कालुगा क्षेत्रहरूमा मानव रहित यान (ड्रोन)हरू पनि नष्ट गरिएको बताइएको छ।

रुसको रक्षा मन्त्रालयले युक्रेनी सुखोई एसयू–२५ लडाकु विमान खसालेको जनाएको छ । कुनै विवरण प्रदान गरेको छैन र दाबीहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिने एबिसीन्यूजले जनाएको छ ।

एबिसीन्यूजका अनुसार युक्रेनी अधिकारीहरूले सामान्यतया रुसी भूमिमा आक्रमणको बारेमा टिप्पणी गर्न अस्वीकार गर्छन्।

कालुगा क्षेत्रका प्रमुख भ्लादिस्लाव शापशाका अनुसार मानव रहित यान (ड्रोन)आक्रमणले विद्युतीय उप केन्द्रमा आगो लागेको बताए ।

त्यस्तै ब्रायान्स्कका गभर्नर अलेक्ज्याण्डर बोगोमाज र स्मोलेन्स्कका गभर्नर भासिली अनोखिनले पनि इन्धन र ऊर्जा परिसरहरूमा आगलागी भएको जानकारी दिए।

प्रतिक्रिया