प्यालेस्टाइनी सत्ता(अथोरिटी)का अध्यक्षद्वारा संयुक्त राष्ट्र संघको सदस्यता प्रस्तावमा अमेरिकी निषेधिकार (भिटो)को आलोचना

इनेप्लिज २०८१ वैशाख ८ गते १५:४८ मा प्रकाशित

प्यालेस्टाइनी सत्ता(अथोरिटी)का अध्यक्षले संयुक्त राष्ट्र संघको सदस्यता प्रस्तावमा अमेरिकी निषेधिकार (भिटो)को आलोचना गरेका छन् ।

अध्यक्ष महमूद अब्बासले आधिकारिक प्यालेस्टाइनी समाचार एजेन्सी वाफालाई भने ,संयुक्त राष्ट्रको पूर्ण सदस्यताको लागि प्यालेस्टाइनको अनुरोधलाई निषेधिकार(भिटो )गर्ने अमेरिकी निर्णय प्यालेस्टिनी जनता र अन्तर्राष्ट्रिय समुदायले चाहेको बिरूद्ध “निरपेक्ष आक्रमण” हो।

“संयुक्त राज्य अमेरिकाले सबै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको छ र दुई राज्य समाधान र क्षेत्रीय शान्ति प्राप्तिका बारेमा कुरा गर्ने सबै वाचा तोडेको छ,” उनले भने।

“वर्तमान अमेरिकी प्रशासनले आफ्ना वाचा र प्रतिबद्धताहरू मात्र पन्छाएको छैन, तर इजरायललाई प्यालेस्टिनी राष्ट्रिय सत्ता (नियोग)लाई कमजोर बनाउन पनि अनुमति दिएको छ,” उनले आक्रोश पोखे ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनको स्थितिले प्यालेस्टिनी जनता र यस क्षेत्रमा “अभूतपूर्व क्रोध” सिर्जना गरेको छ,उनले भने ।

गत बिहीबार अमेरिकाले प्यालेस्टिनीद्वारा प्रस्तावित प्रस्तावलाई निषेधिकार (भिटो ) प्रयोग गर्यो। पूर्ण सदस्य राष्ट्रको रूपमा मान्यताको लागि प्यालेस्टिनले सन् २०११ देखि प्रयासहरू मा सुरु गरेको थियो । प्यालेस्टाइन हाल एक गैर-सदस्य पर्यवेक्षक राज्यको रुपमा रहेको छ।

अमेरिकाको हाल प्यालेस्टिनीसँग आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छैन ।

प्रतिक्रिया