ग्रामी पुरस्कार बिजेता तथा अमेरिकी आईडलकी सहभागी मन्डिसाको ४७ बर्षको उमेरमा निधन ,घरमा मृत फेला

इनेप्लिज २०८१ वैशाख ८ गते १२:१९ मा प्रकाशित

ग्रामी पुरस्कार बिजेता तथा अमेरिकी आईडलकी सहभागी मन्डिसाको ४७ बर्षको उमेरमा निधन भएको सिबिएसन्यूजले अजन्येको छ ।

“अमेरिकन आइडल” बाट आफ्नो गायन सुरुवात गर्ने ग्रामी-विजेता गायिका मन्डिसाको बिहीबार ४७ वर्षको उमेरमा निधन भएको छ । सीबीएस न्यूजलाई उनका प्रतिनिधिले पुष्टि गरेका छन् । उनि अमेरिकी गायिका हुन् भने अमेरिकाको क्यालिफोर्नियामा अक्टोबर २,१९७६ मा भएको थियो भने मृत्यु अप्रिल १८ ,२०२४ मा भएको हो ।

“यस समयमा हामीलाई उनको मृत्युको कारण वा थप विवरणहरू थाहा छैन,” उनको प्रतिनिधिले सीबीएस न्यूजलाई बताइन्, गायिका उनको घरमा मृत फेला परेकी छिन ।

“हामी यो अविश्वसनीय कठिन समयमा उनको परिवार र नजिकका साथीहरूको वृतको लागि तपाईहरुको प्रार्थनाको लागि आग्रह गर्छु ,” प्रतिनिधिले यस्तो लेखेकी सिबिएसन्यूजले उल्लेख गरेको छ ।

उनि एक प्रसिद्ध कलाकार बनि सकेकी र संगीतका धेरै पुरस्कारहरु प्राप्त गरेकी थिइन् । उनको निधनले हामी सबैलाई दुःखी बनाएको छ, र हामी उनको परिवारमा हाम्रो गहिरो समवेदना व्यक्त गर्दछौं,” “अमेरिकन आइडल” ले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

मन्डिसाको जन्मले उनको पुरा नाम मन्डिसा लिन हन्डली हो । उनि “अमेरिकन आइडल” को ५ छौ मौशममा नवौं स्थानमा पुगेकी थिइन् ।

आइडलमा समय बिताए पछि मन्डिसाले आफ्नो पहिलो गीतियात्रा (एल्बम), “ट्रु ब्यूटी” २००७ मा सार्वजनिक गरेकी थिइन् । कुनै समयमा बिलबोर्डको शीर्ष क्रिश्चियन एल्बम चार्टमा शीर्ष स्थानमा समेत पुगेको थियो । सन् २०१४ उनको अर्को गीतियात्रा (एल्बम) “ओभरकमर” ले उत्कृष्ट समकालीन क्रिश्चियन (इशाई
० संगीत एल्बमको लागि ग्रामि पुरस्कार जितेको थियो ।

मन्डिसाको सबैभन्दा भर्खरको एल्बम, “आउट अफ द डार्क” २०१७ मा बाहिर आएको थियो । सन् २०२२ मा उनले “आउट अफ द डार्क” शीर्षकको एउटा संस्मरण पनि जारी गरेकी थिइन् ।

प्रतिक्रिया