बालेन शाहको कडा आक्रोश “वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्यु” (भिडियो सहित)

इनेप्लिज २०८१ वैशाख ७ गते १०:२९ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सांसद विकास कोष ब्युँत्याउने सरकारको घोषणाप्रति कटाक्ष गरेका छन् ।

सोमबार बजेट प्रस्तुत गर्दै पुर्ब अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोष ब्युँत्याएर प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रकम दिइने घोषणा गरेका थिए ।

सोहि घोषणप्रति सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएसी बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनु भयो । वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्युहरु ।

प्रतिक्रिया