परिवार दलका अध्यक्ष एकनाथ ढकालले इलाम पुगेर सुहाङ नेम्वाङलाइ भोट मागे

इनेप्लिज २०८१ वैशाख ६ गते १०:४० मा प्रकाशित

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सगै इलाम पुगेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले इलाम २ मा सुहाङ नेम्वाङलाइ जिताउन भोट मागेका छन्। इलामको चुनाबी सभामा बोल्दै नेता ढकालले स्वर्गीय नेता सुबास चन्द्र नेम्वाङको विरासतको सहि प्रतिनिधित्व सुहाङ नेम्वाङलेनै गर्ने बताए। ढकालले सुहाङको उम्मेदवारीले युवा, परिबर्तन, पहिचान र बिरासत सबैको प्रतिनिधित्व गर्ने बताए। स्वर्गीय नेता सुवास चन्द्र नेम्वाङ्गले शुरु गरेका अधुरा काम सम्पन्न गर्न तथा इलाममा बसोबास गर्ने किरात, बुद्धिस्ट, हिन्दु र इसाई लगाएतका सबै धर्मालम्बी र संस्कृतिको संरक्षण तथा सामाजिक सदभाबको लागि सुहाङ नेम्वाङलाइ जिताउनु पर्ने ढकालले बताए।

एमालेका उम्मेदवारलाई सो निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा माओवादी, नेपाल परिवार दल लगाएतले समर्थन गरेका छन् ।

प्रतिक्रिया