हयारी भण्डारीको चुनावी अभियानलाई तत्काल २ लाख ९७ हजार डलरको आवश्यकता

इनेप्लिज २०८१ वैशाख ५ गते १०:४२ मा प्रकाशित

अमेरिकाको कंग्रेसमा नेपाली अमेरिकीको सहभागिताको लागि हयारी भण्डारीको चुनावी अभियानलाई तत्काल २ लाख ९७ हजार डलरको आवश्यकता रहेको कुरा सविनय अनुरोध गर्न चाहन्छौं ।

यस अन्र्तगत आईतवार मेरिल्याण्डमा भएको लब्धप्रतिष्ठित व्यक्तित्वहरुको भेलाले ६५ हजार डलरको प्रतिवद्धता दिएर अभियानलाई थप सशक्त वनाएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

तपाई हामीले हातेमालो गरेर तत्काललाई थप देखिने र सुनिने अभियान तथा भावी पिढीलाई समेत एउटा गर्विलो ईतिहास निर्माण गरेर अमेरिकामा नेपाली अमेरिकीको उपस्थितिको मजवुत आधारशीला निर्माण गर्नुपर्ने यस महाअभियानमा साथ दिनुहुन अनुरोध गर्दछौं । संभवत: नेपाली अमेरिकनलाई देखिने र सुनिने यस्तै प्रकृतिको अभियान हाम्रो जीवन कालमा अवसरको रुपमा नआउन पनि सक्छ । छ जना उमेदवारहरुको वीचमा भईरहेको कडा प्रतिस्पर्धामा खरो रुपमा उत्रिन तथा लाखौ मतदाताहरुको वीचमा हाम्रो योजना पुरयाउन मतदातालाई हाम्रो पक्षमा आकृष्ठ गर्न घर घरमा पठाईने मेलर मार्फत हामीहरुको विगतको सफलता र भविष्यको कार्ययोजना शिक्षा,स्वास्थ्य, आप्रवासन ,विश्वमा भईरहेको द्धन्द्ध लगायतका अनेकन मुद्दामा सहित पठाउनुपर्ने सामाग्रीको लागि थप रकमको जरुरत परेको छ ।

तसर्थ ,आज नै हजुहरुले यो लिङ्कमा गएर डोनेशन गर्नुहुन हार्दिक अपिल गर्दछौं । https://hb4md.com/text?refcode=240415&t=YAoh6x

भण्डारी क्याम्पेन टीम

प्रतिक्रिया