ट्रम्पका पूर्व वकिल जुलियानी माथि १४८ मिलियन डलरको मानहानिको खारेजीको प्रस्तावलाई न्यायाधिशद्वारा अस्विकार

इनेप्लिज २०८१ वैशाख ३ गते २२:३६ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल तथा न्यूयोर्क शहरका समेत नगर प्रमुख रहरका रुडी जुलियानी माथि १४८ मिलियन डलरको मानहानिको फैसला खारेज गर्न उनले गरेको प्रयास विफल भएको छ ।

जुलियानीले जर्जिया चुनावी कार्यकर्ताहरूको मुद्दामा १४८ मिलियन डलरको मानहानिको फैसला खारेज गर्न प्रयास गर्दा उनि असफल भएका छन् । उनलाई फेरी नराम्रो झट्का लागेको छ ।

जुलियानीलाई पूर्व निर्वाचन कार्यकर्ताहरूलाई करिब १५ करोड डलर तिर्न आदेश दिएको थियो ।

जुलियानीले गत वर्षको अन्त्यबाट उनि विरुद्ध गरिएको १४८ मिलियन डलरको मानहानिको फैसलालाई खारेज गर्ने आफ्नो बोल गुमाएका थिए । अमेरिकाको जर्जिया राज्यका पूर्व निर्वाचन कार्यकर्ता रुबी फ्रीम्यान र वान्ड्रिया “शाये” मोसले यो फैसला जितेका थिए।

अमेरिकी जिल्ला न्यायाधीश बेरिल ए होवेलले सोमबार उनले गरेको खारेजीको आग्रहलाई अस्विकार गरि दिएका छन् ।

सन् २०२० को चुनावको दिन जर्जियाको फुल्टन काउन्टीमा मतगणना गर्दा आमा र छोरीलाई जुलीयानीले चुनावी धाँधली गरेको आरोप लगाएका थिए।

जुलियानीले न्युयोर्कको अदालतमा मुद्धा हारेको एक हप्ता पछि टाट उल्टेको ( फक्कड़दास / खन्ती खलास)मुद्धा दायर गरेका थिए । जुलियानीसँग अहिले १० लाख डलर देखि १ करोड डलर सम्म बीचको आफ्नो कुल सम्पत्ति सूचीबद्ध गरेका थिए ।

प्रतिक्रिया