सिएनएनको मत सर्वेक्षणमा बाइडेन भन्दा ट्रम्प अगाडी

इनेप्लिज २०८१ वैशाख १६ गते १९:३८ मा प्रकाशित

सिएनएनले गरेको एक मत सर्वेक्षणमा राष्ट्रपति जो बाइडेन भन्दा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडी देखिएका छन् । सिएनएनका अनुसार ट्रम्पले २०२४ को मत सर्वेक्षणमा बाइडेनमाथि अग्रता कायम राखेका छन् ।

सिएनएनका अनुसार ट्रम्पले चुनावी अभियानको रूपमा बाइडेनमाथि फाइदा लिन जारी राखेका छन् । एसएसआरएसद्वारा संचालित नयाँ सिएनएन सर्वेक्षण अनुसार व्हाइट हाउसमा दोस्रो चार वर्षको लागि प्रतिस्पर्धामा प्रत्येक व्यक्तिहरुले पहिलो कार्यकालको बारेमा लिइएको रायहरूमा ट्रम्पको पक्षमा अधिकांशले राम्रो काम गरेको बताए ।

धेरै जसो अमेरिकीहरूले राष्ट्रपतिको रूपमा ट्रम्पको कार्यकाल सफल भएको बताए भने व्यापक रुपमा बहुमतले बाइडेन अहिलेसम्म असफल भएको मत सर्वेक्षणमा देखाईएको छ ।

दर्ता गरिएका मतदाताहरू बीचको सर्वेक्षणमा ट्रम्पको पक्षमा ४९ % मा स्थिर रहेको सर्वेक्षणमा जनाईएको छ ।

तर गत जनवरीमा सिएनएनले गरेको राष्ट्रिय सर्वेक्षणमा जस्तै बाइडेनको समर्थन या पक्षमा ४३ % मै स्थिर रहेको छ । जनवरीको भन्दा धेरै फरक छैन।

सर्वेक्षण अनुसार सबै अमेरिकीहरू मध्ये ५५ % मतदाताहरु अब ट्रम्पको राष्ट्रपतिलाई सफलताको रूपमा हेर्छन् । जबकि ४४ % ले मात्र यसलाई असफलताको रूपमा हेर्छन्।

जनवरी २०२१ मा भएको सर्वेक्षणमा ट्रम्पले कार्यालय छोड्नु अघि र जनवरी ६ मा अमेरिकी संसदमा भएको बिद्रोह तथा आक्रमणको केही दिन पछि ५५% ले राष्ट्रपतिको रूपमा असफल भएको मतसर्वेक्षणमा मतदान गरेका थिए ।

बाइडेनको अहिलेसम्मको कार्यालयमा समयको मूल्याङ्कन गर्दै ६१ % राष्ट्रपति पद असफल भएको बताएका छन्, जबकि ३९ % ले यो सफल भएको बताएका छन्।

रिपब्लिकनहरू अब डेमोक्र्याटहरू भन्दा ट्रम्पको राष्ट्रपति पद सफल थियो भन्ने विचारहरुमा बढी एकजुट भएका छन् । कुल मिलाएर ९२ % रिपब्लिकनले ट्रम्पको कार्यालयको समयलाई सफल मान्दछन ।

केवल ७३ % डेमोक्र्याटहरुले बाइडेनको सफलता अहिलेसम्म भएको बताउदछन । स्वतन्त्रहरूमध्ये ५१ % ले ट्रम्पको राष्ट्रपति पद सफल भएको बताएका छन् भने ३७% ले मात्र बाइडेनलाई सफल भएको बताएका छन्।

१४ % अमेरिकीहरूले उनीहरू दुवैलाई असफलता ठानेका छन् । जबकि ८ %ले दुवैलाई सफलता मान्छन्। लगभग आधा दर्ता मतदाताहरू मध्ये ४७ % ले बाइडेनको राष्ट्रपतिलाई अहिलेसम्म असफल भएको ठान्छन् जबकि ट्रम्पलाई सफलता मानेका छन् । केवल ३० % ले बाइडेन सफल भएको र ट्रम्प सफल नभएको बताएका छन् । नयाँ सर्वेक्षणमा ६० % ले बाइडेनको कामको प्रवन्ध (ह्यान्डलिङ)लाई अस्वीकार गर्दछ भने केवल ४० % ले अनुमोदन गरेका छन् ।

मत सर्वेक्षणमा ४५ % ले उनको स्वास्थ्य हेरचाह नीतिको प्रवन्ध (ह्यान्डलिङ)लाई अनुमोदन गरेको छ भने ४४ % ले विद्यार्थी ऋण ऋणको व्यवस्थापनलाई अनुमोदन गरेको छ।

गाजामा इजरायल र हमास बीचको युद्धको उनको प्रवन्धलाई सबैभन्दा खराब भनि अनुमोदन गरेका छन् । हमास इजरायल मुद्धामा २८ % ले अनुमोदन गरेका छन् भने ७१ % अस्वीकृति गरेका छन् ।

बाइडेनलाई अर्थतन्त्रको सवालमा ३४ % र मुद्रास्फीतिको सवालमा २९ % मात्रै स्वीकृति गरेका छन् । सबै अमेरिकीहरू मध्ये व्यापक रुपमा बहुमतमा ७० % ले अमेरिकाको आर्थिक अवस्था कमजोर भएको बताएका छन् ।

१० मध्ये ६ जना रिपब्लिकन (६१ %) हरुले अर्थतन्त्र खराब अवस्थामा रहेको बताउँछन् । अर्थतन्त्रको सवालमा ट्रम्पको पक्षमा ६२ % र बाइडेनको पक्षमा ३० % ले मतदान गरेका छन् ।

अमेरिकीहरूको आफ्नै वित्तको बारेमा धारणा पनि नकारात्मक रहेको सिएनएनले जनाएको छ । ५३ % अमेरिकीहरु व्यक्तिगत वित्तीय स्थितिसँग असन्तुष्ट छन् भने ४७ % सन्तुष्ट छन्।

प्रतिक्रिया