अमेरिकाको ओक्लाहोमामा २ जना महिला बेपत्ता भएको आरोपमा ४ जना पक्राउ, दुई जनाको शव फेला

इनेप्लिज २०८१ वैशाख ३ गते १३:०८ मा प्रकाशित

अमेरिकाको ओक्लाहोमामा २ जना महिला बेपत्ता भएको आरोपमा ४ जनालाई पक्राउ गरिएको छ । दुई जनाको शव पनि फेला पारिएको प्रहरीले बताए ।

ओक्लाहोमामा दुई महिला बेपत्ता भएको सम्बन्धमा चार जनालाई पक्राउ गरी हत्याको अभियोग लगाइएको एक अधिकारीहरूले शनिबार घोषणा गरे। दुई जनाको शवको अवशेष पनि फेला परेको यद्यपि तिनीहरूको पहिचान हुन नसकेको प्रहरी अधिकारीहरूले आइतबार बताए ।

२७ बर्षिय भेरोनिका बटलर र ३९ वर्षीया जिलियन केलीलाई अन्तिम पटक एउटै गाडीमा सँगै देखिएको थियो । प्रहरीका अनुसार पछि उनीहरुलाई टेक्सस काउन्टीको ओक्लाहोमाको ग्रामीण भागको एक राजमार्गमा परित्याग गरिएको थियो ।

सिबिएसन्यूजका अनुसार ४३ वर्षीय ट्याड बर्ट कुलम, ५४ वर्षीय टिफनी माचेल एडम्स, ५० वर्षीय कोल अर्ल टोमब्ली र ४४ वर्षीय कोरा टोमब्लीलाई गत शनिबार पक्राउ गरिएको थियो ।

उनीहरूमाथि प्रथम श्रेणीको हत्या र अपहरण र घटनाको षड्यन्त्र गरेको आरोपमा दुईवटा मुद्दा लगाइएको ओक्लाहोमा राज्य अनुसन्धान बिभागले बिज्ञप्तिमा जनाएको छ । गत आइतवार टेक्सस काउन्टीमा दुईवटा शव फेला परेको छ तर दुवै शव अझै सनाखत हुन बाँकी रहेको प्रहरीले बताएका छन् ।

ओक्लाहोमा राज्यको अनुसन्धान ब्यूरोका अनुसार महिलाहरूले यात्रा गरेको सवारी साधन ओक्लाहोमाको राज्यको ९५ राजमार्ग नजिकै सडकको छेउमा ओक्लाहोमा र एल्कर्ट क्यानसस बीचको सीमानामा बेवारिसे अवस्थामा फेला परेको थियो।

प्रतिक्रिया